निकुञ्जमा पर्यटक बढे

इनेप्लिज २०७२ साउन ७ गते ११:५७ मा प्रकाशित

चितवन, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७१/chitwan-national-park-82420७२ मा अघिल्लो आवको भन्दा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

गत आवमा एक लाख ७८ हजार २२० जना पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । अघिल्लो आवमा एक लाख ७३ हजार १२५ जना पर्यटक निकुञ्ज भित्रिएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार राजस्वमा समेत वृद्धि भएको छ । गत आवमा निकुञ्जले रु २४ करोड ९४ लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २४ करोड ७४ लाख राजस्व सङ्कलन भएको थियो ।

भूकम्पपछि पर्यटकको सङ्ख्यामा कमी आएकाले लक्ष्यअनुसार पर्यटकको सङ्ख्या नपुगेको निकुञ्जले जनाएको छ । निकुञ्जले एक लाख ९० हजार पर्यटक भित्रिने प्रक्षेपण गरेको थियो भने राजस्व रु २९ करोड सङ्कलन हुने आँकलन गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले चितवन राष्ट्रिय निकुञ्जको महत्व अन्तर्राष्ट्रिय जगत्मा दिनानुदिन बढ्दै गएकाले बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको बताउनुभयो ।

निकुञ्ज छिर्ने नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति रु ७५० र विदेशीले रु एक हजार ५०० प्रवेश शुल्क बुझाउँदै आएका छन् । निकुञ्जमा सङ्कलन भएको राजस्वको आधा हिस्सा मध्यवर्ती क्षेत्रमा खर्च गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया