अमेरिकी संस्थाले थापाका अंग्रेजी कविता संग्रह पुस्तक नि:शुल्क प्रकाशित गरि दियो

इनेप्लिज २०७२ साउन ७ गते १:५१ मा प्रकाशित

unnamed

अमेरिकाको क्यालिफोर्नियामा झन्डै डेढ दशक समय देखि बसोबास गर्दै आएका लेखक ,कवि ,स्वतन्त्र पत्रकार ध्रुव थापा द्वारा रचिएका अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर ” लाई अमेरिकी संस्थाले नि:शुल्क प्रकाशित गरि दिएको छ l

अमेरिकाको बर्कली क्यालिफोर्नियामा स्थापना भएको गैर मुनाफा स्वयम् सेवक संस्थाले कविता संग्रह प्रकाशित गर्नुको साथै अवैतनिक रुपमा खटिएका स्वयम् सेवकहरुले प्रकाशित गरि दिएको कवि ध्रुव थापाले जानकारी दिए l यसको साथै स्वयम् सेवकका रुपमा श्रम खर्च गरि प्रकाशित गरि दिएकोमा थापा सौभाग्यशाली भएको बताउदै सम्भवत नेपाली समुदायको ईतिहासमा यसरि नि:शुल्क प्रकाशनको अवसर पाउने आफु भएको जस्तो लागेको बताए l

अमेरीकामा कहिले पनि कुनै चिज निशुल्क पाइदैन तर निशुल्क छाप्न पाउनुमा आफुलाई आश्चर्य लागेको बताए l थापाको अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर “सन् २००२ देखि २०१५ सम्म अमेरिका को बसाईमा लेखेका हुन् l उनको कविता संग्रह क्यालिफोर्नियाको बे क्षेत्रको अल्टरनेटिव छापाखानाले गरेको हो भने उक्त छापाखाना स्वयम् सेवकहरु द्वारा संचालनमा रहेको छ l

पुस्तकको ढाचा नेटले गरेका हुन भने सम्पादन क्रिस्टलले गरेकि हुन् l उक्त संस्थाले नै सम्पादन तथा शुद्धि पनि निशुल्क गरि दिएको छ l यसको आवरण पत्रको ढाचा कबि थापा नेपालमा हुदा उनका बिद्यार्थी रहेका हाल फिनल्याण्डमा सूचना प्रबिधि सम्बन्धि अध्ययन गरेका र नेपालमा हुदा हाइड्रो सोलुसन कम्पनीका प्रमुख समेत रहेका योगेश ढकालले गरेका हुन् l

अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर “बिमोचन गत जुलाई १२ तारिख क्यालिफोर्नियाको बर्कली शहरको हिज लर्ड शिप चमेना गृहमा गरिएको थियो भने उक्त पुस्तकको बिमोचन द्वय लाइन्स क्लब अफ बर्केली अन्नपूर्ण तथा फ्रीमन्ट सगरमाथाको सयुक्त पदास्थापन समारोहमा गरिएको थियो l

उक्त कविता संग्रह को बिमोचनमा लाइन्स क्लब ४सी३ का पूर्व गभर्नर डेनी ग्रोट्रीएन रहेका थिए भने उक्त समारोहमा पुस्तक बिमोचनको साथै कबि ध्रुव थापाले लाइन्स क्लब अफ बर्केली अन्नपूर्णको सपथ ग्रहण पनि लिएका थिए l यस अघि थापाका दुइवटा पुस्तकको बिमोचन नोबेल पुरस्कार विजेताहरुको हातबाट गराएका थिए। अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर “मा ४० वटा अंग्रेजी कविता रहेको छ भने यी कविताहरु नेपाली कविताबाट अनुबाद नगरी सोझै अंग्रेजी मै कवि थापाले लेखेका छन् l

सम्भवत नेपाली बाट अंग्रेजीमा अनुबाद नगरी अंग्रेजीमा मै सम्पूर्ण कविताहरुको पुस्तक निकाल्ने भाग्यशालि थापा बनेका छन् भने उनले यो भन्दा अगाडी “टेस्ट अफ हिमालयज कुक बुक” अमेरिकामा पहिलो पटक प्रकाशित गरेका थिए l यस्तै गरि बहु प्रतिभाशालि थापाले ” ध्रुव थापाका गित र कविताहरु ,अल्टिमेट टार्गेट नामक नेपाली गीत संकलन तथा धेरै पत्रपत्रिकामा सम्पादन ,स्मारिका प्रकाशन गर्नुको साथै बिबिध पुस्तकहरुमा हात चलाई सकेका छन् l

20150755a6c8c95c217उनको अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर ” तथा कविको बारेमा अमेरिकामा रहेका ३ मुख्य लेखक ,प्राध्यापक तथा शिक्षक सल्लाहकार क्रमस टिका लम्साल , विद्यावारिधि ,भाषा तथा साहित्य शास्त्र ,सन् फ्रान्सिस्को विश्व बिद्यालय ,गोविन्द गिरि प्रेरणा , लेखक ,कवि ,पत्रकार ,गीतकार तथा जिम हुग्स ,बिद्यावारिधि लेखक तथा शिक्षक परामर्शदाता बे क्षेत्रका लागि परियोजना लेखकले आफ्ना विचार संक्षेपमा राखेका छन् l

जिम हुग्स लेख्दछन ध्रुव थापाका कविता पढ्नु भनेको नै बिशाल हृदयमा विद्यमान हुनु हो ,केवल एक मात्र , उदार, र सहानुभूति। सबैभन्दा शक्तिशाली कविताको पक्ष एक क्रान्तिको सेवामा छ भनि टिप्पणी गरेका छन् l

यस्तै गरि डा लम्साल यसरि टिप्पणी गर्दछन थापाका संकलित कविताहरु उत्तर अमेरिकामा नेपाली प्रवासी साहित्यको क्षितिजमा एक उल्लेखनीय योगदान रूपमा प्रकट भएका छन् भनि टिप्पणी गरेका छन् l यसै गरि लेखक गोविन्द गिरि प्रेरणाले थापा समकालिक नेपाली कबि ,लघु कथा लेखक ,सम्पादक भन्दै अंग्रेजी कविता लेख्ने नव व्यक्तित्व हुन् भनि विचार राखेका छन् l

पुस्तक बिमोचनको साथै कवि थापाले कविता संग्रहबाट उठेको रकम नेपालका भूकम्प पिडितहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए l थापा नेपाल सुनसरी ईटहरीका हुन् भने अमेरिकाको क्यालिफोर्निया बाट संचालित हाम्रो समाज डटनेटका सम्पादक पनि हुन् l

book release

प्रतिक्रिया