एनआरएन जर्मनीको वार्षिक साधारणसभा सम्पन्न, भागबन्डामा संघको नेतृत्व चयन नगर्न आग्रह

इनेप्लिज २०७२ साउन ६ गते २१:३१ मा प्रकाशित

sadharan_bhela_02जर्मनी । गैर आवाशीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जर्मनीको वार्षिक साधारणसभा जुलाई २० तारिखका दिन जर्मनीको प्रमुख शहर ह्याम्बर्गमा सम्प्पन्न भएको छ। एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वनेमको अध्यक्षतामा सम्म्पन्न भएको वार्षिक साधारणसभा प्रमुख अतिथीको रुपमा एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ र विशिष्ठ अतिथीको रुपमा एनआरएनएका युरोप सह-संयोजक सोम सापकोटाको उपस्थिति रहेको थियो । उपस्थित अन्य अतिथीहरुमा एनआरएनए आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य सन्तोष भट्ट्राराई, एनआरएनए जर्मनीका प्रमुख संरक्षक पुष्प थापा, बिशेष संरक्षक बिजय मोक्तान, संरक्षक रण बहादुर बिक, अन्तराष्ट्रिय कलाकार समाज जर्मनी बाट शिखर खड्का, अन्तराष्ट्रिय कलाकार मन्च जर्मनीका अद्यक्ष बेल गुरुङ, जन संपर्क समितीको तर्फबाट महमन्त्री टन्क लम्साल, लगायत ह्याम्बुर्ग शहरमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो

sadharan_bhela_03

एनआरएनए जर्मनीका महासचिव हरी न्यौपानेले संचालन गरेको बार्षिक साधारणसभा कार्यक्रममा एनआरएनए जर्मनीका माहासचिव प्रेम पोमुले कार्यक्रमको ब्यबस्थापन गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई एनसीसी उपाध्यक्ष सुरेन्द्र प्रधानले स्वागत गरेका थिए भने कलाकार आश्मा कंडेलले आफ्नो नृत्य मार्फत मनोरन्जन प्रदान गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथी दिल गुरुङले एनआरएनए जर्मनीले आफ्नो स्थापनाकाल देखी गरेका बिभिन्न महत्वपूर्ण कार्यहरुको चर्चा गर्दै राष्ट्रिय समन्वय परिषद गठनको अबधारणा, ७५ जिल्ला एक च्यारिटी प्रोजेक्टको अबधारणा, सँयुक्त लगानीको अबधारणा, नेपाली नागरिकताको निरन्तरताको मुद्दा, सेन्ड फ्रेन्ड्स टु योर होम को नारा अन्तर्गत पर्यटन बिकासको अबधारणा आदी जस्ता सबै कुराहरुको प्रारम्भ जर्मनीबाटै भएकोले एनआरएनए जर्मनीले आफ्नो ईतिहासमा गर्व गर्नु पर्ने बताएका थिए । साथै संघको अन्तराष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्व भाग भन्डाका आधारमा गरिनु नहुने र गैर आवाशीय आन्दोलनमा व्यक्तिले पुर्याएको योगदानको आधारमा गरिनु पर्ने बिचार ब्यक्त गरेका थिए ।

sadharan_bhela_04

विशिष्ठ अतिथी सह-संयोजक सोम सापकोटाले एनआरएनएको विश्व शिखर सम्मेलनमा जर्मनीबाट सहभागी हुने प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले बिबाद रहित तरिकाले नेतृत्व चयन गर्न शुभकामना दिएका थिए । कार्यक्रमका अन्य बक्ताहरुमा आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य सन्तोष भट्टराई, प्रमुख सँरक्षक पुष्प थापा, बिशिश्ठ सँरक्षक बिजय मोक्तान, बिभिन्न संघ संस्थाहरुको तर्फ बाट मिलन केन्द्र ह्याम्बुर्गका मानबलाल श्रेष्ठ ले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

एनआरएनए जर्मनी अन्तर्गतका बिभिन्न लोकल कोर्डिनेसन कमिटी (एलसीसी) हरुको प्रगती विवरण प्रस्तुत गर्दै बायर्न संयोजक प्रेम कंडेल, हेस्सेन संयोजक लोक मणी ढकाल, एनआरडब्ल्यु संयोजक दिपक लामा, ब्रेमेन-निदरज्याक्सन संयोजक कृष्ण देवकोटा, बर्लिन-ब्रन्डेन्बुर्ग सचिब राजेश सुनार र ह्याम्बुर्ग संयोजक चिरन श्रेष्ठ ले आफ्नो मन्तब्य राख्नु भएको थियो। बिभिन्न एलसीसीहरुको प्रगती विवरण सुनी सकेपछी भेलाले नयाँ जोस, क्षमता र सिर्जनात्मक भवनाका साथ निर्वाचित हुनुभएका सबै एलसीसीका संयोजक र सचिवहरु लगायत अन्य पदाधिकारीहरु लाई बधाई दिदै आगामी कार्यकालको सफलताको कामना गरेको थियो । साथै साधारणसभा आगामी दिनहरुमा एनसीसी सँग सहकार्यको आधारमा जर्मनीबासी नेपालीहरुको लागि नयाँ योजनाहरु अघी सार्दै जाने प्रतिबद्दता ब्यक्त गरिएको थियो ।

साधारण भेलामा छलफलमा भाग लिदै एनआरएनए एनसीसीका सदस्य टन्क लम्साल, बर्लिनमा आइटी क्षेत्रमा कार्यरत डा० जय कृष्ण ठाकुर, युनीभर्सिटी अफ गोट्टिङनमा कार्यरत नेत्र भण्डारी, एलसीसी एनआरडब्ल्यु क्षेत्रका सहसँयोजक बिकास ठकुरी, बिनय गुरुङ र एनसीसी ह्याम्बुर्गका सचिव मानबलाल श्रेष्ठ ले एनआरएनए जर्मनीको बिस्तार सुध्रिकरण बिषयमा टिप्पणी गर्नु भएको थियो।

साधारण भेलामा आर्थिक विवरण एनसीसी जर्मनीका कोशाध्यक्ष नारायण अधिकारीले प्रस्तुत गर्नु भएको थियो भने बिधान संसोधनको प्रस्ताब प्रमुख संरक्षक पुष्प थापाले पेश गर्नु भएको थियो।

आर्थिक विवरण पास गरिएपछी, बिधानको छलफलमा भाग लिदै निवर्तमान आइसीसी संयोजक सन्तोष भट्टराई, एलसीसी एनआरडब्ल्यु सहसंयोजक बिकास ठकुरी लगायत भिभिन्न ब्यक्तीले टिप्पणी गर्नु भएको थियो भने युरोपियन सहसन्योजक सोम सापकोटाले पनि आइसीसीको बिधान सँग मेल खाने किसमले बिधान बनाउन सुझाब दिनु भएको थियो र अन्तमा बिधान संसोधनमा प्राप्त सुझाबहरु माथि बिधान संसोधन समितीमा थप छलफल चलाई एनसीसीको बैठकमा प्रस्तुत गर्दै एनसीसीको बैठकले पारीत गरेको संसोधनलाई आगामी अधिबेशनमा निर्णयार्थ पेश गर्ने निर्णय गरिएको थियो।

कार्यक्रमको अन्तमा एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वनेमले कार्यक्रम ब्यबस्थापन समितीलाई र कार्यक्रममा उपस्थित सबै अथितीहरुलाई कार्यक्रम सफल पार्नु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया