ब्यस्त बजारमा बम आक्रमण गरी पन्ध्रको हत्या
अफगानिस्तान, ६ साउन । उत्तरी अफगानिस्तानमा अवस्थित एक ब्यस्त बजारमा बम विस्फोट गराई कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ ।
अफगानिस्तानमा पछिल्लो समयमा यसरी आत्मघाती बम आक्रमणका घटनामा वृद्धि भइरहेको छ । बुधबार पनि यस्तै अर्काे एक हमलामा परी १५ जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले जनाएका छन् ।
एकजना आत्मघातीले आफैमाथि बम विस्फोट गराई ती सर्वसाधारणको हत्या गरेको बताइएको छ । मारिनेमा महिला र बालबालिका पनि परेका सो समाचारमा जनाइएको छ ।
उनीहरूले मृतकको सङ्ख्या योभन्दा बढ्नसक्ने पनि बताएका छन् । यस आक्रमणमा परी अरु पनि कयौँ नागरिक घाइते भएका सो समाचारमा उल्लेख गरिएको छ ।
तुर्कमेनिस्तानको सीमा क्षत्रेमा पर्ने अल्मार जिल्लामा सो हमला भएको हो । उक्त जिल्ला अफगानिस्तानको फर्याब प्रान्तमा पर्दछ ।
यस आत्मघाती आक्रमणको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्धिकीले पुष्टि गर्नुभएको छ ।
उहाँले दिनुभएको सूचनाअनुसार बुधबार दिउँसो भएको विस्फोटमा परी मारिनेको सङ्ख्या १५ पुगेको छ ।
हाल अफगानिस्तानमा यहाँका तालिवान र अफगान सरकारबीच शान्तिवार्ताको सुरुवात भएको छ । तर बम विस्फोट र हिंसा भने रोकिएको छैन ।
बुधबार दिउँसो भएको यस हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन । तर प्रहरीले भने यसमा तालिवानको हात रहेको बताएको छ ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया