शुक्रबार, असार ४ २०७८
काठमाडौं ०९:१४
वासिङटन डिसी 23:29

सञ्चार प्रविधिको विकासले सूचनाको पहुँचलाई सहज

इनेप्लिज २०७२ साउन ६ गते १४:२४ मा प्रकाशित

narahari-acharyaकाठमाडौँ, ६ साउन । कानुनमन्त्री नरहरि आचार्यले पछिल्लो समय सञ्चार प्रविधिमा आएको विकासले समाजमा सूचनाको पहुँचलाई सहज बनाएको बताउनुभएको छ ।

नेपाल टेलिकम वर्कर्स युनियनको २४औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मन्त्री आचार्यले मानिसलाई सूचनाप्रतिको चासो र सरोकारले सञ्चार क्षेत्रसँगको निकटता बढेकाले टेलिकमको सेवा र गुणस्तरलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संस्थाले सेवाग्राहीलाई सन्तुष्ट बनाउने दायित्व पूरा गर्नुपर्नेमा जोड दिँदै मजदुर आन्दोलनको सुरुवात आफ्नो दलले गरेको र मजदुरमैत्री संविधान निर्माणका पक्षमा पार्टी क्रियाशील रहेको बताउनुभयो ।

टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले संस्थाले रणनीतिक साँझेदार भित्र्याउने तयारी गरिरहेको जानकारी दिँदै आगामी दिनमा अन्य आवश्यक प्रविधिलाई व्यवस्थित गरी सर्वसाधारणलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश भण्डारीले राम्रो मुनाफा आर्जन गर्ने पहिचान बनाएको सो संस्थाले बजारको आवश्यकताअनुसार अघि बढनु पर्ने धारणा राख्नु भयो ।

युनियनका अध्यक्ष कृष्णप्रसाद अर्यालले सामाजिक सेवा प्रदान गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको सो संस्थाले कर्मचारीको हितमा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया