राष्ट्रिय टेबलटेनिसमा आर्मीले स्वर्णपदक जित्यो
काठमाडौँ, ६ साउन । राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा त्रिभूवन आर्मी क्लबले पुरुष टिम इभेन्टमा स्वर्णपदक हात पारेको छ ।
लैनचौचरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको फाइनल खेलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ३–२ ले पराजित गर्दै स्वर्णपदक हात पारेको हो । त्यस्तै प्रतियोगितामा ललितपुर र शसस्त्र प्रहरी बल(एपीएफ) क्लब तेस्रो भए । पुरुषमा दोस्रो भएको प्रहरी हिजो भएको महिला टिम इभेन्टमा भने पहिलो भएको थियो ।यसैगरी छात्र टिम इभेन्टमा आदर्श विद्या मन्दिर(एभिएम) पहिलो, प्रोक्सिमा दोस्रो तथा स्वर्णिम र ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भए । सोही स्पर्धाको छात्रामा पनि एभिएम पहिलो भयो । कान्तिपुर इङलिस एकेडेमी दोस्रो तथा ह्वाइटफिल्ड उच्च माध्यमिक विद्यालय र ग्यालेक्सी संयुक्तरुपमा तेस्रो भए ।
छात्रा एकलमा एभिएमकी दीक्षा तामाङ र लश्था महर्जन फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा तामाङले रुपन्देहीकी सुकृति श्रेष्ठलाई ९–११, ११–९, ११–५ र ११–५ मा पराजित गर्दै फाइलनमा प्रवेश गरिन भने महर्जनले एभिएमकै सिक्का सुवाललाई ११–७, ११–९, ८–११ र ११–५को सेटमा पाखा लगाउदै फाइलनमा प्रवेश गरेकी हुन् ।
सोही स्पर्धाको छात्रमा नोबेल एकेडेमीका श्यान्टू श्रेष्ठ फाइनलमा पुगे । सेमिफाइनलमा श्रेष्ठले एभिएमका आशिष शर्माको चुनौती ११–६, ११–९ र १२–१० ले पन्छाए ।
काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिता भूकम्प पीडित राष्ट्रिय टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया