शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:४१
वासिङटन डिसी 05:56

गायक बैकुण्ठ महतको ‘घाटाको कारोबार’

इनेप्लिज २०७२ साउन ६ गते ११:५१ मा प्रकाशित

bbb1-600x600गुल्मी ६ साउन । लोक तथा दोहोरी गायक बैकुण्ठ महतको तिज गीत “घाटाको कारोबार”को भिडियो गुल्मीमा छाँयाकन हुने भएको छ ।

गुल्मीको सदरमुकाम तम्घासको वालमन्दीरमा शनिवार उक्त गीतको भिडियो छाँयाकन हुने भएको रचनाकार तथा गायक बैकुण्ठ महतले बताए । भिडियो छाँयाकनको लागी नृत्य निर्देशक एबं मोडल शंकर बिसी र मोडल रस्मी तामाङ्ग सहितको टोली तम्घास आउने बताईएको छ ।
तीज आउन झण्डै दुई महिना बाँकी भए पनि कलाकारहरुलाई भने तीजको चटारो सुरु भैसकेको छ । कलाकारहरु यतिबेला अन्य बाहिरी कार्यक्रममा भन्दा नयाँ तीज गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउन व्यस्त हुन थालेका छन् । लोक तथा दोहोरी गीतमा परक प्रस्तुती दिंदै आएका गायक बैकुण्ठ महतको “घाटाको कारोबार” नामक तिज गीत बजारमा आउँने भएको छ । गितको रेकडिङ्ग काम पुरा भएको र भिडियोको काम सुरु सुरु गरेको उनले बताए ।
आफनै लय शब्द रहेको गीत आफनै र गायिका राधिका हमालको स्वर रहेको बताए । गीतमा मायाप्रेम सँगै कारोबार घाटा परेका कुराहरु उल्लेख गरिएको छ । समाजमा अन्य कारोबार गर्नेहरुले फाईदा गरेता पनी मायाप्रेम गर्ने कारोबार घाटा परेको कथा बस्तुमा गित तयार भएको उनले बताए ।

प्रतिक्रिया