एक पटकको नेपाली सधैंको नेपाली !!
१९ जुलाई २०१५ आईतवारका दिन न्युयोर्कको अस्टोरीयामा गैर आवसीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको को आयोजनामा संविधानको मस्यौदाका बिषयमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि डा.अर्जुन कार्कीले बोल्दै भने अमेरिकामा रहेका विभिन्न व्यक्तित्वहरू सँग संविधानको मस्यौदाका बिष़यमा सुझाव संकलन गर्नका लागि हाल सरकारले निर्देशन गरेको छ । आफूले देशकालागि निस्वार्थ काम गर्ने क़ुरा पनि डा.कार्कीले बताए र उनले भने यो संविधानको मस्यौदा सम्पूर्ण अमेरिका वासी नेपालीहरुबाट संकलन गरेर एकै मुष्ट गरी पठाउने पनि जानकारी दिए । त्यस्तै सो कार्यक्रमका सभापति तथा एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले सम्पूर्ण उपस्थित वकिल,पत्रकार,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा विभिन्न तह र तप्काका व्यक्तित्वका साथै आगन्तुक महानुभावहरूलाई समेत धन्यवाद दिंदै नेपालमा बन्दै गरेको संविधानमा नागरिकताको निरन्तरता हुनुपर्ने,दोहोरो ट्याक्स हटाउनु पर्ने र एक पटकको नेपाली संधैको नेपाली भन्ने क़ुरा निर्विवाद हुनुपर्नेमा जोड़ दिनु भयो । त्यस्तै नेपाल कन्सुलेटका उप वाणिज्य दूत प्रवीण भट्टराईले सबैलाई धन्यवाद दिए भने महा वाणिज्य दूत नारायण प्रसाद मैनालीले राजदूत मार्फ़त संविधानको मस्यौदा एकमुष्ट पठाउँदा नै राम्रो हुने बताए । कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले विषय गत जानकारी दिंदै एक पटकको नेपाली संधैको नेपाली नै एनआरएनको माग भएको कुरामा जोड दिए । सो कार्यक्रममा स्वागत मन्तव्य एनआरएनको क्षेत्रीय उपाध्यक्ष वन्दना कोइरालाले दिइन् भने एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा नुर्पु शेर्पाले त्यहाँ आउने सम्पूर्ण आगन्तुक महानुभावलाई धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा प्रस्तावना संविधान मस्यौदा क़ानून विद दुर्गा भुर्तेल अर्का क़ानून विद रमेश श्रेष्ठ र त्यस्तै अर्का क़ानून विद डिल्लि भट्टले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देशलाई धर्म निरपेक्ष राष्ट्र या हिन्दू राष्ट्रको व्यवस्था गर्नु भन्दा धार्मिक स्वतन्त्रता प्रदान गर्न उनीहरुले सुझाव दिएका छन् । नेपालमा रहेका करिव १३ प्रतिशत दलितहरुलाई मानवीय व्यवहारका लागि संविधान मै ब्यबस्था हुनु पर्ने सुझाव प्रस्तुत गरे । शिक्षा र स्वास्थ्य निशुल्क हुने कुरा संबिधान मै लेख्नु पर्ने कुरामा पनि सहभागीहरुले जोड दिएका छन् ।
उपस्थित वौद्धिक व्यक्तित्वहरुले आगामी दिनमा वौद्धिक सम्पत्तिको अधिकारको विषयमा, साईवर सुरक्षाको बिषयमा ठूलो समस्या आउने भन्दै अहिले नै केहि संवैधानिक व्यवस्था गर्न अनुरोध गरे ।सहभागी वक्ताहरुले संविधान सभाका सदस्यहरुको संख्या, योग्यता र कार्यकालका बारेमा समेत सुझाब दिएका थिए ।
त्यसैगरी उक्त कार्यक्रममा आफ्ना धारणा राख्नेहरुमा एनआरएन आइसिसिकी मेम्वर विष्णु माया परियार, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाड०,आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लुइसाड० वाइवा,प्रवासी नेपाली मंच न्युयोर्क च्याप्टरका अध्यक्ष राधा कृष्ण देउजा र सिन्धु वेलफ़ेयर अमेरिकाका अध्यक्ष वंश लाल तामाड० लगायतका थिए ।
एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलको सभापतित्वमा भएको कार्यक्रमका सञ्चालन एनआरएन अमेरिकाका महा-सचिव तिलक श्रेष्ठले गरेका थिए ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया