ट्रक र बस एकापसमा ठोक्किँदा २० यात्रु घाइते
इनेप्लिज
२०७२ साउन ६ गते ९:५९ मा प्रकाशित
इनरुवा, ६ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविस–७ मा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २० जना यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको को१ख ३५९१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना४ख ५१०० नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो घटना भएको हो ।
घाइतेहरुको उपचार जिल्ला अस्पताल इनरुवामा सम्भव नभएपछि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तीव्र गतिका कारण सवारीसाधनले नियन्त्रण गुमाउन पुग्दा उक्त दुर्घटना भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो । बस र ट्रक सुनसरी प्रहरीको नियन्त्रणमा रहेको छ ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया