साउनभित्रै संघीयतासहितको लोकतान्त्रिक संविधानः सिटौला
झापा, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले सर्वस्वीकार्य संघीयतासहितको लोकतान्त्रिक संविधान साउन महिनाभित्र जारी हुने बताएका छन् ।
३३औं बीपी स्मृति दिवशको अवसरमा झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रमलाई संवोधन गर्दै महामन्त्री सिटौलाले प्ररम्भिक मस्यौदामा जनताले दिएको सुझावलाई समेत अधिकतम समेटेर सर्वस्वीकार्य संघीयतासहितको लोकतान्त्रिक संविधान साउन महिनाभित्र जारी हुने जनाएका हुन् ।
अब बन्ने संविधानले नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवादी आर्थिक नीतिलाई महत्व दिएको उल्लेख गर्दै सिटौलाले बीपी कोइरालाले उठाएको संविधानसभा मार्फत संविधान निर्माण कार्यको नेतृत्व कांग्रेसले गरेको दावी गरे । उनले सहमतिको सुरुवात २०३३ सालमा बीपीले ल्याएको राष्ट्रिय मेलमिलापले सुरु गरेको स्मरण गर्दै २०६२/६३ को जनआन्दोलन त्यसैको उपलब्धी रहेको दावी गरे ।
बहुलवाद, लोकतन्त्र र संघीयता बाहेकका विषयमा जनताका राय सुझाव अधिकतम समेटिने भन्दै सिटौलाले हरेक जाति, वर्ग, समुदाय, लिङ्ग र धर्मलाई नयाँ संविधानले समेटेर आउनेमा विश्वस्त हुन सवैलाई आग्रह गरे ।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
प्रतिक्रिया