कालमुडा खोलामा झोलुङ्गे पुल नहुँदा समस्या

इनेप्लिज २०७२ साउन ६ गते ३:०६ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ६ साउन । म्याग्दीको पाखापानी–८ मा रहेको कालमुडा खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयवासीलाई समस्या भएको छ ।

पाखापानीको कोटगाउँस्थित कालमुडामा पक्की पुल नहुँदा घाँसीखर्क, पात्लीखर्क, चौरखानी मङ्गले र चिमखोलाका बासिन्दालाई आवातजावत गर्न समस्या भएको हो । केही वर्षअघि आएको बाढीले उक्त स्थानको झोलुङ्गे पुल बगाएपछि हिउँदमा काठे साँघु बनाएर वारपार गरिँदै आएको र बर्खा याममा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको पाखापानी–८ का निरज पुनले बताउनुभयो ।

मानिस र गाईवस्तुलाई आवतजावत गर्न समस्या भएकाले स्थानीयवासीले उक्त स्थानमा पक्की पुल निर्माणको माग गरेका छन् ।

प्रतिक्रिया