नया संविधान निर्माणका लागि केहि सुझावहरु
• सर्बप्रथम संविधान लेखनको भाषा सरल, मीठो,बहुअर्थ नलाग्ने र स्पष्ट हुनुपर्छ जुन हालको मस्यौदामा त्यो स्तर देखिदैन ,
• धारा ४ को उपधारा (१) मा नेपाल राज्य धार्मिक निरपेक्षताको ठाँउमा धार्मिक स्वतन्त्रतता भन्ने शब्द राखेमा हिन्दु राज्य भन्ने र निरपेक्षता भन्ने दुबैको समस्या समाधान हुन्छ र हुनुपर्ने पनि धार्मिक स्वतन्त्रतता नै हो भन्ने लाग्छ( धारा ३१ संग मेल खानुपर्छ),
• धारा ४ को उपधारा (१) “विश्वमा नेपाल एक स्वतन्त्र ,अविभाज्य,सार्वभौमसत्तासम्पन्न …………………..राज्य हो” हुनुपर्ने, संक्षेपमा नेपाल भनिने छ भन्नु नपर्ने,
धारा ४ को उपधारा २(ख) “यो संबिधान प्रारम्भ भए पश्चात् प्राप्त हुन आउने वा गाभिन आउने क्षेत्र ” भनि स्पष्ट पारिनुपर्ने ताकि धारा १४ संग तालमेल होस्,
धारा १३ को उपधारा १ मा “कम्तीमा ५ बर्ष स्थायी बसोबास गरेको ” भन्ने वाक्यांश थप्ने र उपधारा २ मा १५ को सट्टा १० बर्ष बनाउदा ठीक हुने,
धारा १४ लाई थप प्रस्ट्याउनुपर्ने,
धारा १८ को व्यवस्था १९ मा र १९ को १८ मा बनाउँदा सिलसिला मिल्दछ,
धारा १९ मा “गैर आवासीय नेपाली नागरिकता प्रदान गरिनेछ जसले नेपाली नागरिकताको निरन्तरताको रूपमा काम गर्नेछ” भनेर स्पष्ट पारिनुपर्ने ,
धारा ३८ मा रहेको बेरोजगारको परिभाषा स्पष्ट पारिनुपर्ने ,
धारा ४४ मा एक उपधारा थप गरि बाल अधिकार र बाल पहुँचका लागि हरेक क्षेत्र बाल मैत्री बनाईने छ भन्ने व्यवस्था गर्ने,
धारा ५२ मा उपधारा थप गरि “हरेक युवाले २१ बर्ष पूरा गरेपछि राज्य समक्ष उपस्थित भई राज्यका लागि कुनैपनि योगदान पुर्याउन तयार हुनेछु भन्ने प्रतिबध्दता गर्नु अनिवार्य हुनेछ” भन्ने प्रावधानको व्यवस्था गर्ने,
धारा ५५ को ..मा कृषिजन्य बस्तुको उत्पादन र बिक्री बितरणमा कुनै कर लाग्नेछैन भनि व्यवस्था गर्ने जसले कृषि र कृषिजन्य उध्योगको तिव्र विकास हुनजान्छ,
धारा ६२ को अवशिष्ट अधिकारको थप व्याख्या गरिनुपर्ने,
धारा ७९ मा प्रत्यक्ष निर्वाचित प्रधानमंत्रीको व्यवस्थाका साथै प्रम लगायत सम्पूर्ण सार्वजनिक राजनीतिक पदका लागि न्यूनतम भएपनि शैक्षिक योग्यता हुनुपर्ने प्रावधानको व्यवस्था गरिनुपर्ने ,
दलित , अपाँग, महिला, किसान ,मज़दूर मधेसी ,जनजाति र सिमान्तकृत वर्गलाई राष्ट्र्रियताको मूल धारमा ल्याउनकालागि उच्च प्राथमिकता दिईनुपर्ने ,
प्रस्तोता :
उमापति भुसाल
नवलपरासी ,नेपाल
हाल संयुक्त राज्य अमेरिका
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया