शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:४१
वासिङटन डिसी 06:56

नेजाको सहयोग रकम हस्तान्तरण

इनेप्लिज २०७२ साउन ५ गते २३:५८ मा प्रकाशित

NEAJA Donation Handover  (2)

बाल्टिमोर,अमेरिका,जुलाई २०/ नेपाल अमेरिका पत्रकार संघले दिवंगत पत्रकार सञ्जीव घिमिरेको बालबच्चाको पठनपाठनको लागि दुई लाख ७५ हजार रुपैंया सहयोग प्रदान गरेको छ | नेजाको पहलमा अमेरिकामा रहेका संचारकर्मी र समुदायका अन्य सदस्यहरुबाट संकलित रकम काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले दिवंगत पत्रकार घिमिरेकी पत्नी अनिता घिमिरेलाई हस्तान्तरण गर्नु भयो | महासंघको सचिवालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा नेजाको तर्फबाट संकलित रकम नेजाका पूर्व सल्लाहकार प्रताप अधिकारीले महासंघका अध्यक्ष डाक्टर विष्टलाई प्रदान गर्नुभएको थियो |
नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको अनुरोधमा नेजाका अध्यक्ष गौतम दाहाल,क्षेत्रीय संयोजक विकासराज न्यौपाने र सक्रिय सदस्यद्वय सुरेशचन्द्र पोखरेल र सदस्य मुकेशचन्द्र बरालको विशेष पहलमा उक्त रकम संकलन भएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सहयोग गरेकोमा नेजा र अमेरिकास्थित नेपाली पत्रकारहरुलाई धन्यवाद दिनु भयो । उहाँले स्वर्गीय घिमिरेको परिवारलाई महासंघले सक्दो सहयोग गर्ने बताउदै घिमिरेको छोराहरुको शिक्षाका लागि आवश्यक पहल गरिरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेजाका तर्फबाट प्रतिनिधित्व गर्नुभएका पूर्व सल्लाहकार एवं सदस्य प्रताप अधिकारीले घिमिरे परिवारलाई थोरै भए पनि राहत उपलब्ध गराउने उदेश्यले रकम संकलन गरिरहेको बताउनुभयो । घिमिरे परिवारका सदस्यको तर्फवाट बोल्दै गोपाल तिवारीले रिपब्लिका शाखा, नेजा र महासंघलाई धन्यवाद दिनुभयो ।

NEAJA Donation Handover  (1)रिपब्लिका शाखाका अध्यक्ष कोषराज कोईरालाले आफ्नो शाखाको पहलमा रकम जम्मा गरेर घिमिरे परिवारलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउनु भयो । नेजाद्वारा धन्यवाद ज्ञापन यसैबीच नेजाका अध्यक्ष गौतम दाहालले संचारकर्मी स्वर्गीय घिमिरेका बालबच्चाको पठनपाठन सहयोगार्थ संस्थाको तर्फबाट आव्हान गरिएको सहयोग संकलन अभियानमा सहभागी सबै सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ | यसैगरी यसका लागि नेपालमा समन्वय गर्नुहुने नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाका अध्यक्ष कोषराज कोइराला,अमेरिकामा रकम संकलनका लागि सक्रिय रहनु भएका नेजाका क्षेत्रीय संयोजक विकासराज न्यौपाने र सदस्यद्वय सुरेशचन्द्र पोखरेल र मुकेशचन्द्र बराल र अन्य सहयोगदाता सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ | उहाँले नेजाले नेपालमा नेपाल पत्रकार महासंघसंग समन्वय गरेर काम गरिरहेको भन्दै यो सहयोग रकम हस्तान्तरण महासंघका अध्यक्षमार्फत प्रदान गरिनु पनि त्यही सहकार्यको उदाहरण भएको जनाउनु भएको छ | अध्यक्ष दाहालले यस कार्यमा नेजाका तर्फबाट नेपालमा प्रतिनिधित्व गर्नु भएका संस्थाका पूर्व सल्लाहकार प्रताप अधिकारीप्रति पनि आभार व्यक्त गर्नु भएको छ |

NEAJA Donation Handover  (3)

क-कसले गरे सहयोग ?
स्वर्गीय घिमिरेको बालबच्चाको पठनपाठनका लागि सहयोग जुटाउन भन्दै नेजाले चार महिना पहिले पहल गरेको थियो | यस क्रममा नेजाले आफ्ना सदस्य र समुदायका सदस्यहरुबाट यसरी स्वेच्छिक सहयोग संकलन गरेको थियो | यसरी स्वेच्छिक सहयोग गर्ने सबैलाई नेजाका तर्फबाट अध्यक्ष दाहालले धन्यवाद दिनु भएको छ | सहयोगदाताहरु यस प्रकार हुनुहुन्छ:
तरुण पौडेल,सागर कोईराला,सञ्जय फुयाल,सोम लामिछाने, गुणराज लुइटेल,गोविन्द भट्टराई,गुण अधिकारी, सुमन खरेल,चारु वालिया,देवी अधिकारी,प्रेरणा न्यौपाने,सञ्जय घिमिरे,भुवन शर्मा,दिनेश कार्की, गौतम दाहाल, शिव प्रकाश,कृष्ण राज खनाल,नारायण श्रेष्ठ, मुकेश/संज्ञा वराल, यदु देवकोटा,पूर्ण न्यौपाने,केदार तिम्सिेना,रामचन्द्र पोख्रेल, हरिवोल भण्डारी, भुवन आचार्य,मुरली अधिकारी,कृष्ण लामिछाने,उत्तम लामिछाने,अम्बिका रावत,दिनेश मैनाली,सुशील क्षेत्री,सविता न्यौपाने, अमृत सापकोटा,ज्ञानेन्द्र कार्की,वाल जोशी,देवी खरेल रहनु भएको थियो ।

NEAJA Donation Handover  (5)

प्रतिक्रिया