एन आर एन ए कतारको अध्यक्षमा प्रतिबद्धता सहित उत्रिए भट्टराई
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको २०१५ २०१७ को लागि अर्जुन भट्टराई सहित अन्य प्रतिवद्धता सहित उत्रिएका छन् । अर्जुन भट्टराई तथा नविन पोख्रेलको संयोजनमा आयोजित इद मिलन समारोह तथा शुभकामना समारोहमा उनले आफु अध्यक्ष पदमा उम्मेदवारी घोषणा सहित आफ्नो प्रतिबद्धता पेश गरेका हुन् ।
६ बुँदे प्रतिबद्धता सहित आएका भट्टराईका साथमा प्रथम उपाध्यक्षमा नविन पोख्रेल, द्धितिय उपाध्यक्षमा प्रवीण गुरुङ, महासचिवमा करिम बक्स मियाँ, सचिवमा प्रेम बि.क., कोषाध्यक्षमा अब्दुल वासिदले संयुक्त उम्मेदवारी घोषणा गरेका हुन् ।
त्यस्तै गरी आइसीसी सदस्यमा होमनाथ शर्मा र सुनिल मण्डलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने मध्यामञ्चल प्रतिनिधीमा रहमत हुसेन, पश्चिमाञ्चल प्रतिनिधीमा ठाकुर कुमार परियारले उम्मेदवारी घोषणा गरेका छन् । सोहि इद मिलन समारोहमा युवा संयोजकमा केदार भुषालले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला तर्फ भूपती भट्टराई, सन्तोष दंगाल र लाल भट्टले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सो कार्यक्रममा एन आर एन कतारका अध्यक्ष मक्सुद आलमले आसन्न अधिवेशनका लागि दावेदारहरुलाई शुभकामना दिँदै एन आर एन ए को मूल मर्म र उद्धेश्यलाई बोकेर हिँड्ने र एन आर एन ए कतारको कदलाई उचाईमा पुर्याउन सक्ने सवल कार्यसमितीको खाँचो रहेको बताए ।
कार्यक्रममा बद्रि पाण्डे, सागर नेपाल, नरेन्द्र भाट, चुडामणी कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया