एक महिनाभित्र संविधान अवश्य बन्छ: एमाले नेता खनाल
इलाम, ५ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले एक महिनाभित्रमा संविधान जारी गरेरै छाड्ने दाबी गर्नुभएको छ ।
सुझाव सङ्कलनमा देखिएको नागरिकको उत्साहप्रद उपस्थितिले संविधान निर्माणको गतिलाई कसैको आदेशले पनि रोक्न नसक्ने बताउँदै उहाँले संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
अनेरास्ववियु जिल्ला कमिटी इलामले आज इलाममा आयोजना गरेको एसएलसी परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुहुँदै नेता खनालले सङ्कलित सुझावलाई संविधानसभामा पुर्याएर त्यसको विश्लेषण गरी मस्यौदालाई अन्तिम रुप दिइने बताउनुभयो ।
मस्यौदामा जनताले लोकतान्त्रिक विधि र पद्धतिमार्फत सुझाव दिएको बताउँदै उहाँले “देशको भलो नचाहने एक/दुईवटा शक्तिको तागतले संविधान निर्माण प्रक्रियालाई रोक्न सक्दैन, संविधान एक बन्छ, दुई बन्छ, तीन बन्छ र बनेरै छाड्छ” – भन्नुभयो ।
विगतमा बनेका संविधानले मुलुकलाई स्थायित्व दिन नसकेको टिप्पणी गर्नुहुँदै उहाँले अब दिगो र स्थायी संविधान बन्नेमा ढुक्क रहन आग्रह गर्नुभयो । पहिलो संविधानसभाको निर्वाचनले मुलुकलाई संविधान दिन नसकेकाले दोस्रो चरणको निर्वाचन गर्नुपरेको उहाँले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी)बीच भएको १६ बुँदे सहमतिपछि मुलुकले नयाँ मोड लिएको उहाँको भनाइ थियो ।
अनेरास्ववियुले प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिकतर्फका सूर्यमणि दाहाल र पञ्च उच्च मावि शान्तिडाँडाकी छात्रा एरिना श्रेष्ठ, संस्थागततर्फ माउन्ट मेची बोर्डिङ स्कुलका सन्देश लिम्बू र ग्रीनभ्याली एकेडेमीकी छात्रा दीक्षान्ती तिरुवा विश्वकर्मा तथा प्राविधिक एसएलसीमा सर्वाेत्कृष्ट नतिजा ल्याउने अमर उच्च मावि बरबोटेका केशव पोखरेल तथा विद्यालयलाई पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्यो ।
अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष रवीन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, निमित्त जिल्ला शिक्षा अधिकारी डम्बरबहादुर सुवेदी, नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष पूर्णप्रसाद गौतम र स्थानीय विकास अधिकारी मदन कोइरालाले अनेरास्ववियुको काम प्रशंसनीय रहेको चर्चा गर्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया