गौशाला, ५ साउन । वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वर असारमा मात्रै ३५ जना सर्पले टोकेको बिरामी उपचारका लागि आएका छन् भने जेठमा १३ जना र वैशाखमा १२ जना आएको अस्पतालले जनाएको छ ।
यसअघि फाटफुट रुपमा कहिलेकाहीँ सर्पले टोकेको बिरामी आउने गरेको जिल्ला अस्पतालमा अहिले दैनिक सर्पदंशका बिरामी आउने गरेको चिकित्सक सतिश साहले बताउनुभयो ।
जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशविरुद्धको औषधि एन्टिस्नेक भेनम अहिले पर्याप्त मात्रामा रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया