सर्वोच्चको आदेश अवज्ञा गर्दै कोसी अञ्चल अस्पताल
पथरी (मोरङ), ५ साउन । विराटनगरस्थित कोसी अञ्चल अस्पतालले सर्वाेच्च अदालतको अन्तरिम आदेश उल्लङ्घन गरेको छ ।
सर्वोच्च अदालतले साउन १ गतेदेखि लागू हुने गरी देशभरका सरकारी अस्पतालको प्राङ्गणभित्र कुनै पनि औषधि पसल सञ्चालन गर्न नपाउने अन्तरिम आदेश जारी गरे पनि औषधि पसल सञ्चालन हुँदै आएको छ ।
सो अस्पतालभित्र एपोलो फार्मेसी, सनोज मेडिकल हल, माँ–तारा मेडिकल हल, साझा औषधि पसललगायतका आधा दर्जन औषधि पसल सञ्चालित छन् । सरकारले ७० प्रकारका औषधि निःशुल्करुपमा वितरण गर्ने योजना अख्तियार गरेको छ । तर अस्पतालले फार्मेसी सञ्चालन नगरेकाले सर्वसाधारणले महँगो मूल्य तिरेर औषधि किन्नुपरेको गुनासो गर्दै आएका छन् ।
सर्वाेच्च अदालतले असार १४ गते न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र दीपकराज जोशीको इजलासले सो आदेश दिएको हो । सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका नाममा सो आदेश जारी गरिएको हो । सरकारले निःशुल्क औषधि वितरण नगरेसम्म अस्पताल हाताभित्र औषधि निजी व्यक्तिलाई भाडा वा ठेक्कामा आफनो हाताभित्र फार्मेसी नगर्नु÷नगराउनु आदेशमा उल्लेख छ तर तीन वर्षका लागि भाँडामा लिएर कोसी अञ्चल अस्पतालभित्र औषधि पसल सञ्चालन गर्दै आएका अशोक यादवले बताउनुभयो ।
तीन वर्षका लागि टेन्डर पारेर भाँडामा लिएको यादवको भनाइ छ । औषधि सञ्चालक यादवले अस्पताल वा कुनै निकायबाट औषधि पसल नगर्नु भनेर कुनै त्यस्तो परिपत्र नआएको बताउनुभयो ।
उता कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले मन्त्रालयबाट औषधि पसल नराख्नु भन्ने कुनै त्यस्तो आधिकारिक पत्र नआएको बताउनुभयो । उहाँले भन्नुभयो “आधिकारिक पत्र आए विचार गछौँ तर अहिले केही आएको छैन ।”
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया