बन्दका कारण जनजीवन प्रभावित
भद्रपुर, ५ साउन । संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा आज गरिएको बन्दमा झापामा कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।
संविधानको मस्यौदामा सोमबारको सार्वजनिक सुनुवाइ कार्यक्रममा मोर्चाले गरेको शान्तिपूर्ण विरोधमा तराईका धेरै जिल्लामा प्रहरीले बल प्रयोग गरेको कारण मोर्चाले बन्दको आह्वान गरेको हो ।
मोर्चामा सङ्घीय समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावन पार्टी संलग्न छन् ।
मोर्चाले पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बन्द गरेको जनाएको छ ।
विराटनगर– मोर्चाको आह्वानमा आज बिहानैदेखि अप्रत्यासित रुपमा गरिएको मधेस बन्दको कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण विराटनगरबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधन नचल्नाले सयौँ सङ्ख्यामा यात्रु अलपत्रमा परेका छन् । बिहानैदेखि बसपार्कमा आएका यात्रु अचानक सवारीसाधन ठप्प भएपछि अलपत्रमा परेका हुन् ।
गोलबजार (सिरहा)– यसैगरी मोर्चाले घोषणा गरेको मधेस बन्दका कारण आज सिरहाको जनजीवन प्रभावित बनेको छ ।
बिहानैदेखि सिरहास्थित राजमार्ग र अन्य सहायक सडकखण्डमा मोटरसाइकलबाहेकका सवारीसाधन चल्न सकेका छैन । यहाँका बजार, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत बन्द छ । एम्बुलेन्स, प्रेस, कूटनीतिक नियोग, र अन्य अत्याश्यक सवारीसाधन भने चल्न दिएको सङ्घीय समाजवादी फोरम नेपालका युवा नेता विजय यादवले जानकारी दिनुभयो ।
बन्दका कारण लहानमा सयौँ ठूला सवारीसाधन जाममा फसेका छन् । यात्रु अलपत्र परेका छन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया