घरको छतबाट लडेर प्राचार्यको मृत्यु

इनेप्लिज २०७२ साउन ५ गते ३:०० मा प्रकाशित

रत्ननगर (चितवन), ५ साउन । जनक उच्च मावि गैँडाकोटका प्राचार्य मुकुन्द काफ्लेको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ ।

आफ्नै घरको छतबाट लडेर गम्भीर घाइते भएका काफ्लेको उपचारका क्रममा सोमबार निधन भएको उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष कमल पराजुलीले जानकारी दिनुभयो ।

विसं २०४६ देखि उहाँ शिक्षण पेसामा संलग्न हुनुहुन्थ्यो । यही साउन ३ गते राति उहाँ घरको छतबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । काफ्ले कसरी छतबाट लड्नु भएको भन्नेबारेमा भने खुलेको छैन ।

प्रतिक्रिया