अन्ठानब्बे बिगाहका केरा ढलेर नष्ट, कृषक समस्यामा
बेलौरी (कञ्चनपुर), ५ साउन । असार अन्तिम साता आएको हावाहुरीका साथै वर्षाका कारण कञ्चनपुरमा ९८ बिगाहको केराखेती ढलेर नष्ट भएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिकाका क्षेत्रमा लगाइएको केराखेती ढलेर नष्ट भएको हो ।
सो क्षेत्रका २७ जना व्यावसायिक केराखेती कृषकको केरा ढलेर नष्ट हुँदा स्थानीय कृषक समस्यामा परेका छन् । अन्य खेती छोडेर व्यवसायीरुपमा केराखेती गर्दै आएका कृषक यतिबेला लगानी डुबेको भन्दै सरकारसँग गुहार माग्दै छन् ।
पुर्नवास नगरपालिका–७ की रेवती ढकालको डेढ बिगाहमा लगाएको खेरा ढलेको छ । ढकालले अन्य खेती लगाउन छाडेर रु तीन लाख बराबरको केरा नष्ट भएको बताउनुभयो ।
यस्तै सोही क्षेत्रकै अर्का कृषक केशव रेग्मीको पनि एक बिगाह पाँच कट्टा जमिनमा लगाएको केराखेती नष्ट भएको छ । रेग्मीले सरकारले केराखेती कृषकका लागि केही राहत नल्याएका कारण आफ्नो लगानी खेर गएको बताउनुभयो ।
त्रिभुवन केराखेती कृषक समूहका अध्यक्ष रामप्रसाद सुवेदीले सरकारले विपद्का बेला नष्ट भएको केराखेतीको उचित राहत दिनुपर्ने माग गर्नुभयो । अन्य खेतीपाती गर्न छाडेर कृषकले केराखेती गरेको र केराखेती पनि हावाहुरी जस्ता विपद्को नष्ट गर्दा सरकारले यस्ता पीडित कृषकलाई न्यायोचित राहत दिनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष सुवेदीका अनुसार झन्डै रु एक करोड बराबरको केरा नष्ट भएका छन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया