एनडब्लुजीएन द्वारा टिपीएस कार्यक्रम भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ साउन ५ गते १:०१ मा प्रकाशित

s1

गत जुलाई १८ तारिख नेपाली महिला विश्व संजाल (नेपाली वुमेन ग्लोबल नेटवर्क )को पहलमा बोस्टनमा टिपीएस कार्यक्रम भव्यताको साथ सम्पन्न भयो l उक्त कार्यक्रम बोस्टनको एमआईटिमा अल्फा इमिग्रान्ट सेन्टर बोस्टनको सहकार्यमा गरिएको थियो l कार्यक्रम शुभारम्भ गर्नु अगाडी संस्थाकि अध्यक्ष रुक्मिणी कार्कीले संक्षेपमा नेपाली समुदायको परिचय दिदै एनडब्लुजीएनको स्थापना बिश्व भर रहेका नेपाली महिलाका अधिकारका बिषयमा प्रबर्धन गर्नु पनि रहेको बताइन l

टिपीएस कार्यक्रम साँझ ५ बजे देखि ७ बजे सम्म संचालन भएको थियो l झन्डै ५० जना जति बिभिन्न बिबिध समुदायका सहभागीहरुले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए l गत बैशाख १२ गते नेपालमा गएको महा विनासकारी भूकम्पका कारण अमेरिकी सरकारले अमेरिकामा बिना कागज रहेका नेपाली समुदायलाई दिएको टिपीएस सुबिधा हो l

सहभागीहरुले प्रसस्त आफ्ना जिज्ञाशाहरु राखेका थिए भने संस्थाले टिपीएस सम्बन्धि सूचनाको लागि मंच मात्र नराखी यस सुबिधाबाट अवसर पाएका नेपाली समुदायलाई निबेदन प्रक्रिया तथा प्रणाली बारे जानकारी दिनुको साथै निबेदन भर्ने आदि ईत्यादी कुरामा पनि सहयोग गरेको छ l यसै गरि अल्फा इमिग्रेंट सेन्टरले टिपिएस सम्बन्धि सूचना मुलक जानकारी गराएको थियो भने सहभागीले केहि प्रश्न राखेका थिए l

उक्त कार्यक्रममा सूचनाको प्रकृति अनुसार यो सुबिधा लिनेका आवस्यक सुचनाहरु उपलब्ध गराईएको थियो भने दर्शकहरुले अल्फा इमिग्रेन्ट सेन्टरले दिएको सुचना उत्प्रेरक तथा जानकारी मुलक भएको भन्दै कृतज्ञता गरेका थिए l उक्त कार्यक्रमको लागि सदा झैँ यस पटक पनि एमआइटिको कार्यक्रम कक्ष एनडब्लुजीएन मितेरी समुहले उपलब्ध गराएको थियो l

s2 s3

श्रोत :रीता राना तथा अरुणा शर्मा , एनडब्लुजीएन सदस्य बोस्टन

अंग्रेजीमा हेर्नको लागि यहाँ किल्क गर्नुस

प्रतिक्रिया