मुलुकले चाँडै लोकतान्त्रिक संविधान पाउँछः सिटौला

इनेप्लिज २०७२ साउन ४ गते १६:०७ मा प्रकाशित

krishna-prasad-situlaसुरुङ्गा (झापा), ४ साउन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सोह्रबुँदे सहमतिअनुरुप मुलुकले चाँडै लोकतान्त्रिक संविधान पाउने बताउनुभएको छ ।

झापा क्षेत्र नं–३ मा सुझाव सङ्कलनपछि आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान पाएपछि दिगो शान्ति, समृद्धि र विकासको बाटामा देश अघि बढ्ने बताउनुभयो । उहाँले मुलुकले नयाँ संविधान पाएपछि जनताले शान्तिपूर्वक बाच्न पाउने बताउँदै भन्नुभयो, “अहिले जनभावनाविपरीत जनतासँग सिँगौरी खेल्नेको आफैं दुर्गति हुन्छ ।”

संविधान लेखन मस्यौदा समितिका संयोजक सिटौलाले एक अर्काे प्रसङ्गमा जनताको मुक्ति र राष्ट्रको उन्नतिका निमित्त सङ्घर्षरत कांँग्रेससँग सिँगौरी खेल्न खोज्दा तत्कालीन राजा ज्ञानेन्द्रको बन्दुक र सत्ता दुवै खोसिएको इतिहास साक्षी छ भन्नुभयो ।

प्रतिक्रिया