शनिबार, असार ५ २०७८
काठमाडौं १५:१३
वासिङटन डिसी 05:28

विदेशमन्त्रीको राजीनामा जायज छैन: भारत सरकार

इनेप्लिज २०७२ साउन ४ गते १६:०३ मा प्रकाशित

नयाँदिल्ली, ४ साउन । भारतीय सरकारले विपक्षी पार्टी भारतीय राष्ट्रिय काँग्रेस पार्टीको मागअनुसार भारतीय विदेश मामिलामन्त्री सुषमा स्वराजको राजीनामा अनावश्यक नभएको जनाएको छ ।

काँग्रेसले विदेशमन्त्री स्वराज तथा दुई राज्यका मुख्यमन्त्रीलाई व्यापाक भ्रष्टाचार तथा दुराचार गरेको आरोप लगाएको छ ।

“राजीनामाको प्रश्न उठ्दैन । कसैले पनि गैरकानुनी वा अनैतिक काम गरेको छैन,” भारतीय संसदीय मामिलामन्त्री एम बेन्काय नायडूले पत्रकार भेटघाटमा भारतीय राजधानी नयाँदिल्लीमा बताउनुभयो ।

उहाँको यो भनाई संसदको बर्खे अधिवेशन सुरु हुनु एक दिन पूर्व आएको हो ।

उहाँले बताउनुभयो “कसैबाट आएको चेतावनी स्वीकार गर्नुपर्छ भन्ने छैन । कसैले पनि संसदीय कार्यावधिमाथि अङ्कुश लगाउन सक्दैन । संसद सार्वभौम छ । हामी प्रतिपक्षले उठाएका विषय संसदमा छलफल गर्न तयार छौँ ।”

विदेश मामिलामन्त्री स्वराज, पश्चिम राज्य राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेमाथि प्रतिपक्षले क्रिकेटका पूर्व प्रमुख ललित मोदीलाई भाग्न सहयोग गरेको आरोप लगाएको छ । त्यस्तै, राजस्थानका मुख्यमन्त्री शिवराज चौहानलाई भ्रष्टाचार गरेको आरोप प्रतिपक्षी भारतीय काँग्रेसले लगाएको छ ।

संसदीय मामिलामन्त्री नायडूको भनाई काँग्रेसले भ्रष्टाचार तथा अनैतिक कार्यमा संलग्न उक्त तीन जनामाथि सत्ताधारी भारतीय जनता पार्टीले कारबाही गरेको खण्डमा संसदमा बर्खे अधिवेशन सुरु गर्न र महत्वपूर्ण विधेयक पारित गर्ने बाटो खुलाउनका लाग सहयोगी हुने बताएको ठिक एक दिनपछि आएको हो ।

प्रतिक्रिया