गोरखाबजार, ४ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले साउनभित्रै संविधानसभाबाट नयाँ संविधान जारी हुने बताउनुभएको छ ।
निर्वाचन क्षेत्र नं १ को गोरखा बजारमा आज भएको संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा उहाँले भन्नुभयो, “एउटा पक्षले भनेजस्तो, एउटा पार्टीले, पक्षले भनेजस्तो संविधान बन्दैन, यहाँ सबैको कुरा समेटिन्छ ।”
कुनै दलविशेषले भनेजस्तो संविधान नबन्ने ठोकुवा गर्दै डा भट्टराईले सबै दल मिलेर सम्झौताको संविधान बनाउने बताउनुभयो । प्रारम्भिक मस्यौमाथि जनताले दिएको सुझाव संवाद समितिमा छलफलका लागि आउने उहाँको भनाइ छ ।
प्रतिक्रिया