कोलोराडोमा विभिन्न कार्यक्रम संगै समर पिकनिक

इनेप्लिज २०७२ साउन ४ गते १३:५० मा प्रकाशित

DSC_0131

जुलाई १९ ,२०१५

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट ,एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजनागरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै आईतबार सम्पन्न

DSC_0057

भयो ।रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथानेपाली घरको सहयोगमा कोलोराडोको नर्थग्लेन सिटी स्थित रमणीयपार्कमा सम्पन्न कार्यक्रममा झण्डै ७ सय भन्दा बढिनेपालीहरुको उपस्थिती रहेको थियो ।

DSC_0081

पिकनिक कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्न आयोजकसंस्थाको संयोजनमा अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो

च्याप्टरले कवि गोष्ठीको आयोजना गरेको थियो । पतंजली योगसमिती नेपालका योग गुरु ललित शंकर योगीको विशेष उपस्थितीमाआयोजित गोष्ठिमा झण्डै दुई दर्जन कवि कवयत्रीले आ–आनो

DSC_0144

रचना पाठ गरेका थिए । आदिकवि भानुभक्तको दुई सय दुईऔंजन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रम आदिकवि प्रति समर्पित थियो । कार्यक्रममा ज्ञानेन्द्र गदाल, पदम विक,देव भट्टराई,दिनेश कार्की संझना अर्याल,लगायतका कवि कवयत्रीहरुले कविता वाचनगरेका थिए भने वसन्त लम्साल, उषा किरण अधिकारीले सुरीलो भाकामागीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए ।

DSC_0235

कार्यक्रमा डा. विजयराज शर्मा, प्रमीला शर्मा, योग गुरु ललितशंकर योगी लगायतका वक्ताले भानुको देन प्रति प्रकास पारेका थिए ।त्यसै गरी सोही कार्यक्रमा रकी माउन्टेन फ्रेन्डस् अफनेपालको समन्यय तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा आयोजितनिवन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई प्रशंसा पत्रवितरण गरिएको थियो । माध्यामीक स्कूलमा अध्यानरत छात्र छात्रा विचगरिएको निवन्ध प्रतियोगीताका विजयीलाई क्रमश १ सय ५०, १ सय र५० डलर नगद दिने घोषणा गरिएको थियो ।त्यस्तै आयोजक संस्थाको समन्वयमा सञ्चालन भएको खेलकुदप्रतियोगिता सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलीबल बाईसाईकल रेस लगायतका खेलकुदका बिजयी प्रतियोगीहरुलाई योग गुरुललित शंकर योगी, समाज सेवी बिष्णु श्रेष्ठ, संस्था अध्यक्ष शरदआचार्य, डा. बिजयराज शर्मा लगायतका विभिन्न अतिथीहरुबाटसंयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएकोथियो ।

DSC_0213 प्ले फर नेपाल, वाईक फर नेपाल नारा दिएर आयोजनागरिएको खेलकुद प्रतियोगितामा १ सय ४९ जना खेलाडीहरुले भागलिएका थिए ।बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिकोउल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली पहिरन लगाएरआउने मानिसहरुको उपस्थिती भने सुन्य नै थियो । ठूलो तालकोनजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरु एकआपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफुलाई नेपालमैभए जस्तो भान हुन्थ्यो ।कार्यक्रममा सहभागी सबैले घर घर खाना बनाएर ल्याएका कारणकार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था थियो । आयोजकले कार्यक्रमस्थलमा भुकप्प पिडीतको सहयोगार्थ डोनेसन बक्स राखिसहभागीहरुलाई यथा सक्य सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया