म्यारिल्याण्डमा सिटौला वन्धूको भेला

इनेप्लिज २०७२ साउन ३ गते १५:२४ मा प्रकाशित

IMG_4436

मिति २०७२ साल श्रावण २ गते शनिवार तदअनुसार १८ जुलाई २०१५ का दिन ईन्डियन हेट टाउन ,मेरिलैंड ,अमेरिकाको सभाहलमा सिटौला सेवा समाजका केन्द्रिय अध्यक्ष जनार्दन सिटौलाको प्रमुख आतिथ्यतामा एवम् पम्फा देवी सिटौला ( मनमायां ) को सभापतित्वमा प्रथम सिटौला वन्धू भेला ऐतिहासिक रूपमा सफलताका साथ सुसम्पन्न भएको छ ।

उक्त भेलामा अमेरिका वासी सम्पुर्ण सिटौला वन्धूहरूको तर्फवाट सिटौला सेवा समाजका अध्यक्ष जनार्दन सिटौलालाई वहांले सिटौला वन्धूहरूको सेवामा पुर्याएको योगदानको उच्च मूल्याकन गर्दै उपहार का साथ स्वागत अभिनन्दन गरिएको थियो ।

साथै देश विदेशका सम्पुर्ण सिटौलाको नाम,मान र शान वढाउंने गरि अमेरिकामा नै पहिलो अमेरिकन नेपालीको रूपमा उपमेयर पदमा स्थानिय निकायमा विजयी प्राप्त गर्न सफल भएकोमा सवै सिटौला वन्धूहरूको तर्फवाट किरण (रन) सिटौला सेवा समाज नेपालका अध्यक्षले वधाई तथा शुभकामना सहितको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

उक्त भेलाले सर्वसम्मत रूपमा पहिलो पटक सिटौला वन्धूहरूलाई एकता वद्ध गरि सम्पुर्ण सिटौला वन्धूहरूको हित र कल्याणका निम्ती योगदान पुर्याउंने उद्येश्यले मेरीलैंड निवासी कपिलमुनी सिटौलाको संयोजकत्वमा ७ सदस्यीय एक तदर्थ समिति पनि गठन गरेको छ ।उक्त समितिमा शंकर सिटौला ( भर्जिनियां ),कविन्द्र (वावा )सिटौला (भर्जिनियां ) ,अनिता ढकाल सिटौला (भर्जिनियां),प्रमोद सिटौला ( न्यूयोर्क ),मोहन कुमार सिटौला (भर्जियां) र यामकुमार सिटौला ( भर्जिनियां )सदस्यको रूपमा रहनु भएको छ ।

उक्त समितिले चांडै नै विधान वनाई सम्पुर्ण अमेरिका भरिका सिटौलाहरूको व्यापक भेला गरि एक शसक्त सिटौला सेवा समाज अमेरिका गठनको प्रक्रिया अघि वढाउंने जिम्मेवारी पाएको छ ।

सो भेलामा स्वागत सम्मान एवम् वधाई तथा शुभकामना मन्तव्य प्रदान गर्नेहरूमा प्रा.मोहन सिटौला,नारायण सिटौला ,शंकर सिटौला,प्रमोद सिटौला ,अनिता ढकाल सिटौला ,क्याप्टेन इन्द्र प्रसाद सिटौला रहनु भएको थियो । आयोजकको तर्फवाट सवै उपस्थित वन्धूहरूमा थप उर्जाका साथ आगामी दिनमा काम गर्न आह्वान गर्दै कविन्द्र सिटौलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

IMG_4403उक्त कार्यक्रमका सभापति पम्फा देवी सिटौलाको नेतृत्वमा तिलरूपा सिटौला,भिमा देवी सिटौला,खगेश्वरी सिटौला ,गुना सिटौलाको टोलीले संगिनी गाएर सवैलाई मनोरंजन दिनु भएको थियो ।

रेखा सिटौलाको नेतृत्वमा विशाखा ,कृतिका,साहारा,अलिसा,सान्या लगायतका अन्य साना भाई वहिनीहरूवाट अमेरिका र नेपालको राष्ट्रिय गान गाएर शुरूवात गरिएको उक्त कार्यक्रमलाई स्थानिय सिटौला वन्धूको तर्फवाट कपिलमुनी सिटौलाले स्वागत सम्मानको मन्तव्य प्रकट गर्नु भएको थियो ।

उक्त कार्यक्रमा सम्मानित व्यक्तित्व द्वय श्री जनार्द्न सिटौला र किरण सिटौलाले पनि वन्धूहरूको एकताको चर्चा गर्दै अन्य वन्धू वान्धवहरूलाई पनि सिटौला सेवा समाजमा आवद्ध भइ थप योगदान पुर्याउंन आह्वानका साथ मन्तव्य प्रकट गर्नु भएको थियो ।

उक्त कार्यक्रमको संचालन सिटौला वन्धू भेला ,अमेरिकाका कार्यक्रम संयोजक श्री यामकुमार सिटौलाले गर्नु भएको थियो ।

IMG_4287 IMG_4257 IMG_4542

प्रतिक्रिया