चीनमा मोबाइल फोन प्रयोगकर्ता ९४.५ प्रतिशत
बेइजिङ, ३ साउन । चिनियाँ अधिकारीहरूले यहाँको जनसङ्ख्याको ९४.५ प्रतिशत मोबाइल फोनकर्ता रहेको बताएका छन् ।
जुन महिनाको अन्त्यसम्ममा यी प्रयोगकर्ताको सङ्ख्या ९४.५ प्रतिशत रहेको बताइएको हो । सन् २०१५को पहिलो छ महिनामा यो तथ्याङ्क देखिएको हो ।
यो पहिलो छ महिनामा मात्र फोन प्रयोग गर्ने सङ्ख्या ६८ लाख रहेको थियो । यी पूर्ण रूपमा नयाँ प्रयोगकर्ता रहेका थिए ।
चीनमा मोबाइल फोन प्रयोग गर्ने नागरिकको सङ्ख्या एक अर्ब २९ करोड रहेको बताइएको छ । चीनको उद्योग तथा सूचना प्रविधिसम्बन्धी मन्त्रालयले सो जानकारी दिएको बताइएको छ ।
चीनको बेइजिङ, साङ्घाई, गाउन्दोज, झेजियाङलगायतका नौ प्रान्तमा मोबाइल फोन प्रयोग गर्ने व्यक्तिको सङ्ख्या सय प्रतिशत नै रहेको पनि सो समाचारमा जनाइएको छ ।
त्यसैगरी ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताहरू समग्र मोबाइल फोन प्रयोगकर्तामध्ये कम्तीमा पनि ५२ प्रतिशत रहेका उक्त तथ्याङ्कमा देखाइएको छ ।
त्यस्तै ४ जि मोबाइल प्रयोगकर्ता चीनमा समग्र मोबाइल प्रयोगकर्ताको कम्तीमा पनि २५ प्रतिशत रहेको पाइएको समाचारमा जनाइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया