शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:४७
वासिङटन डिसी 07:02

शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकार लागिपरेको: उद्योग मन्त्री

इनेप्लिज २०७२ साउन ३ गते १४:२८ मा प्रकाशित

Rss_Images_1437314734942_RG-BKT- Mantri Mahesh Basnet Photo-3भक्तपुर, ३ साउन । उद्योग मन्त्री महेश बस्नेतले शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

सनसाइन नेसनल स्कूल भक्तपुरले आज यहाँ आयोजना गरेको भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक राहत प्रदान कार्यक्रममा बोल्दै उहाँले उच्च माध्यामिक तहसम्म निःशुल्क शिक्षाको अवधारणा सरकारले ल्याएको बताउनुभयो ।

उहाँले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने प्राविधिक शिक्षाको खाँचो रहेको औँल्याउँदै मन्त्री बस्नेतले सबैले रोजगार पाउन सक्ने शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग मन्त्री बस्नेतले सोही विद्यालयका भूकम्पबाट प्रभावित छात्रछात्रालाई राहतस्वरुप मासिक छात्रवृत्ति रकम र स्टेसनरी सामग्री प्रदान गर्नुभयो ।

भक्तपुरले शैक्षिक क्षेत्रमा फड्को मारेकामा प्रशंसा गर्दै उहाँले जिल्लालाई शैक्षिक गन्तव्य बनाउन सबैको योगदान हुनुपर्ने बताउनुभयो ।

सोही विद्यालयमा अध्ययनरत र विदेशमा रहेको विद्यालयका पूर्वविद्यार्थीले सङ्कलन गरेको रकमबाट भूकम्प प्रभावित विद्यार्थीलाई राहतस्वरुप स्टेसनरी सामान कापी, इस्ट्रोमेन्ट बक्सलगायत एकदेखि छ महिनासम्मको मासिक शुल्क प्रदान गरेको छ ।

कार्यक्रमका सभापति एवम् विद्यालयको संस्थापक निरु ढकालले विद्यालयका भूतपूर्व विद्यार्थी सूर्य पाण्डेले अमेरिकाबाट सङ्कलन गरेको रु. एक लाख ८५ हजार नगद र विद्यालयले थप गरेको ३५ हजार गरी कूल रु. दुई लाख २० हजार रकमले पीडित विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।

प्रतिक्रिया