काँडे घेरा बाट अमेरिका छिरेका युवा बिश्व प्रसिद्ध अस्पतालका प्रख्यात स्नायु शल्य चिकित्सक

इनेप्लिज २०७२ साउन ३ गते ११:५३ मा प्रकाशित

alfredo

दृढ संकल्प र ईक्षा शक्ति मानव भित्र निहित छ भने कुनै पनि चिजले रोक्न सक्दैन भन्ने प्रमाण अबैध रुपमा अमेरिका छिरेका मेक्सिकोका एक युवाले बिश्वलाई चकित गरि दिएका छन् l जहा ईक्षा त्यहाँ उपाय भने झैँ मेक्सिको मेक्सिकाली नगर पालिका १९ बर्षीय युवा क्विनोंस हिनोजोसाले सबैलाई सोच्न बाध्य पनि बनाई दिएका छन् l

१९८७ मा १९ बर्षको उमेरमा अमेरिका र मेक्सिको सिमामा रहेको डरलाग्दो काँडे तार बाट हामफाली अमेरिका छिरे l उनको पहिलो प्रयासमा सफल भएनन् र प्रहरीको फन्दामा परे l उनलाई आफ्नो देश फर्काई दियो l

अमेरिका जानु नै छ भन्ने मन भित्र लागे पछि दोश्रो पटक गैर कानुनी रुपमा तगारो नाघ्ने प्रयास गरे l दोश्रो पटकमा उनि सफल पनि भए l जुन समयमा अमेरिका अबैध रुपमा छिरेका थिए ,त्यस समयमा नत उनि अंग्रेजी बोल्न पनि जान्दथ्ये नत उनि संग फुट्टी कौडी थियो l

जटिल अवस्थाबाट गुज्रिएर अमेरिका जस्तो मुलुकमा ठुलो संघर्ष गर्दै उनि भित्र रहेको उर्जा शक्ति तथा अद्वितीय अभिलाषाको कारण कदम अगाडी बढ्दै गए l हाल अमेरिकाको बाल्टिमोर स्थित बिश्व कै सर्बोकृस्ट अस्पताल जन हप्किन्सका स्नायु बैज्ञानिक तथा प्रख्यात स्नायु शल्य चिकित्सक हुन सफल भएका छन् l मानब जातिको लागि प्रेरणाको श्रोत बनेका छन् चिकित्सक क्विनोंस l चिकित्सक क्विनोंस अत्यन्तै मृदुभाषी ,मिलनसारको साथै अविष्कारशीलता पनि छन् l

जीवनमा उनले दुख झेलेको हुनाले आफ्ना बिरामीहरुलाई आफै अभिनन्दन गर्दै आफै हात मिलापको लागि हात बढाउदछन र उनको ब्यबहार अद्वितीय छ l उनले जीवनमा धेरै दुख पाएको र ५ बर्षको उमेरमा आफ्नो परिवारको लागि आर्थिक सहयोग गर्ने हेतुले मुद्रा कमाउन उनि बस्ने नगरपालिकाका ईन्धन चौकी(ग्यास स्टेसन )हरुमा खाने कुरा बेचेको उनले अन्तर्वार्तामा भनेका छन् l

यद्धपि उनि गरिब थिए तर पाठशालामा अन्य बिद्यार्थीको तुलनामा अत्यधिक राम्रो गरेकोले १८ बर्षको उमेरमा शिक्षकको अनुमति पत्र हासिल गरेका थिए l जीवनमा कसरि अगाडी बढ्ने भन्ने चिन्ताले उनलाई सतायो l कुनै हालतमा जीवन बनाउनु छ भन्दै उनले अमेरिका गैर कानुनी रुपमा अमेरिका छिर्ने निधो गरे l जुन जोखिम थियो तर उनका ठुला सपना थिए l

तगारो नागेर अमेरिका छिरेका डा क्विनोंसले क्यालिफोर्नियामा कपास ,टमाटर ,मकै ,ब्रोकाउली टिप्ने तथा रंग रोक्न गर्ने काम गर्न बाध्य भए l यस्तो समय पनि आयो उनि झन्डै मृत्युको मुखमा परेका थिए l २१ बर्षको उमेरमा रेल सडकमा दुर्घटना भयो l उनि १८ फिट मुनि रिक्त पेट्रोल बोक्ने ट्यांकीमा खसे पनि बाच्न सफल भए l अस्पतालको सघन कक्षमा भर्ना भए पनि पुनर्जीवन पाए l

१९९२ मा रेल सडकको काम त्याग्दै क्यालिफोर्निया बर्केली बिश्व बिद्यालयमा मनोविज्ञानमा भर्ना भए l अंग्रेजीमा कम्जोर भएको कारण संघर्ष निकै गर्दै त्यहि समयमा उनले क्याल्कुलस (गणित ),भौतिक बिज्ञान तथा रसायन शास्त्रको पाठ्यक्रम लिए l

पढाई सम्बन्धि निर्णय गर्न हम्मे हम्मे पर्यो उनलाई l उनि कानुन तथा चिकित्सा कुन क्षेत्रमा अध्ययन गर्ने दोधारमा परेको अवस्थामा उनकी मेक्सिकोमा रहेकी हजुर आमाको सुझाब अनुसार चिकित्सा क्षेत्रमा लागे l उनि निकै मेधावी छात्र र सरस्वतीका वरद पुत्र भएकाले उनि सजिलो संग उत्रीण भए l सिमा नाघेर गैर कानुनि रुपमा अमेरिका पसेका एक युवा बिश्व प्रसिद्ध अस्पताल जन हप्किन्सका ख्याती प्राप्त स्नायु शल्य चिकित्सक भए l

अदम्य साहस तथा परिश्रमी मेक्सिकोका युवा २००५ देखि अमेरिकाको बाल्टिमोरको जन हप्किन्समा मस्तिष्क अबुर्द रोग (ब्रेन क्यान्सर )तथा अबुर्द ग्रन्थि सम्बन्धि विशेषज्ञता गरि रहेका छन् l उनि अहिले सहायक प्राध्यापक न्युरो सर्जरी ,एसोसिएट प्रोफेसर अफ अनकोलोजी , डिरेक्टर अफ ब्रेनट्युमर सर्जरी प्रोग्राम जन हप्किन्स भ्यु मेडिकल सेन्टर तथा जन हप्किन्सका पिटुटरी सर्जरी कार्यक्रमका निर्देशक रुपमा काम गर्दै आएका छन् l

Dr.-Qunones-3मेक्सिकोमा शिक्षक बन्ने चाहना राख्ने युवा अमेरिका मात्र नभई बिश्व कै चर्चित शल्य चिकित्सक भएका छन l उनले अन्तर्वार्तामा भनेका छन म वास्तबमा नै खानाको लागि भोको थिए l मेरो पेट भोको थियो l उनका एक नातेदारले उनीलाई टमाटर ,कपास ,मकै ,ब्रोकाउली टिप्ने काम गर्दा जीवन भर यस्तै काम गर्नु पर्ने छन् भने पछि उनि भित्र खुल्दुली मच्चियो l त्यहाँ देखि एक दृढ संकल्प गरि त्यो दुनिया बाट उम्किनु पर्छ भन्ने सकारात्मक सोचले उनलाई यो अवस्थामा पुर्याएको अन्तर्वार्तामा भनेका छन् l

विश्व भरका मानिस अमेरिका आउन किन मरी हत्ते गर्छन त आखिर मा ? किनभने अमेरिका सपनाको संसार हो l हामी सबैको अन्तिम चाहना र ईक्षा नै अमेरिका हो l अमेरिका अवसरको भुमि हो l डा अल्फ्रेडो सबैको लागि उत्प्रेरक बनेका छन् l उनि बाट युवाले ठुलो पाठ सिक्नु पर्ने हुन्छ l बुद्धिमान तथा प्रतिभा भएका कसैले पनि अमेरिकामा ठुलो फड्को हान्न सक्छ l डा अल्फ्रेडो हामी सबैका उत्प्रेरक हुन् l

1

dr alfredo

प्रतिक्रिया