आयोगको सिफारिसमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन हुनुपर्छ: अध्यक्ष ओली
काठमाडौँ, २ साउन । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान जारी गरेपछि मात्र सङ्घीयताको नामाङ्कन र सीमाङ्कन गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) राजधानी उपत्यका समन्वय कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान जारी हुन नदिनका लागि अहिले त्यसमा विवाद उत्पन्न गरिएको बताउँदै विज्ञको सहभागितामा गठन हुने आयोगले सङ्घीयताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास तथा अनुभव र मुलुकको आवश्यकताका अधारमा गर्ने सिफारिसलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो ।
नेत्री अष्टलक्ष्मी शाक्यले अब मुलुकमा छिट्टो संविधान जारी गर्नुको विकल्प नरहेको विचार व्यक्त गर्दै संविधान भनेको समय सापेक्ष र जनताको चाहनाअनुसार परिवर्तन हुँदै जाने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले संविधान भनेको सबै राजनीतिक शक्ति तथा पार्टीबीच सहमतिको दस्तावेज भएकले सबैका धेरै कुरा, भावना र विषय यसमा समावेश गरिएको बताउँदै यसले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गरेको बताउनुभयो ।
सभासद्, विनोद श्रेष्ठ र रामेश्वर फुयाँल तथा कमिटीका अध्यक्ष सानु श्रेष्ठले प्रारम्भिक मस्यौदामा केही त्रुटि भएको भए पनि यसले गणतन्त्र, सामाजिक न्यायलगायतलाई आत्मसात् गरेको छ भन्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया