शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:३७
वासिङटन डिसी 14:52

समय पर्याप्त उपलब्ध नगराउँदा संविधान दिगो नहुने: कमल थापा

इनेप्लिज २०७२ साउन २ गते १५:४७ मा प्रकाशित

kamal-thapaहेटौँडा, २ साउन । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले चार दलले संविधानको मस्यौदा जनतालाई अध्ययन गर्ने समय पर्याप्त उपलब्ध नगराउँदा नयाँ बन्ने संविधान दिगो र स्थायित्वपूर्ण हुन नसक्ने बताउनुभएको छ ।

अध्यक्ष थापाले राप्रपा (नेपाल) मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै सङ्घीयता, राजसंस्था सम्बन्धमा र ९१ प्रतिशत हिन्दूको भावनालाई समेट्न सरकारले राष्ट्रिय जनमत सङ्ग्रह गराउनुपर्ने र सो जनमत सङ्ग्रहबाट आएको निर्णयलाई सबै नेपालीले आत्मसात् गर्नसक्ने बताउनुभयो ।

अध्यक्ष थापाले राष्ट्रमा संविधान जारी गर्न र राष्ट्रको स्वाधिनतालाई उच्च राख्न दलका प्रमुख नेताहरु स्वदेशमा भन्दा मुलुक बाहिर गएर बाह्य शक्तिको भूमिका खोजी हिँड्नु राष्ट्रघातक हुने आरोप लगाउनुभयो ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले नयाँ बन्ने संविधानमा संसदीय प्रजातन्त्रलाई सुदृढीकरण गरी जनताको चाहनालाई प्रमुख दलहरुले आत्मसात् गरेर अघि बढ्दा मात्र संविधानको भविष्य उज्ज्वल हुनेछ भन्नुभयो ।

सो भेलाको सभापतित्व राप्रपा (नेपाल) मकवानपुरका अध्यक्ष नवराज विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया