कोसीटप्पु आरक्ष क्षेत्र विस्तारको निर्णय रोक्छुः मन्त्री खड्का

इनेप्लिज २०७२ साउन २ गते १५:३९ मा प्रकाशित

Narayan-Khadkaगाईघाट (उदयपुर), २ साउन । सहरी विकास मन्त्री डा नारायण खड्काले कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र विस्तार गर्ने वन्यजन्तु आरक्ष विभागको निर्णय आफूले रोक्न प्रयास गर्ने बताउनुभएको छ ।

आज उदयपुरको तपेस्वरी गाविस–१ वनडाँडास्थित कोसीटप्पु क्षेत्रका बासिन्दाले आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले भन्नुभयो, “भर्खरै वन्यजन्तु आरक्षण विभागले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र विस्तार गर्न वस्ती हटाउन गरेको निर्णय मानवीय हिसाबले राम्रो छैन, उक्त कार्य तुरुन्त रोक्न म पहल गर्छु, तपाइँ ढुक्क हुनुहोस् ।”

वस्ती सार्ने विभागको गरेको निर्णयको पक्षमा आफू नभएको बताउँदै उहाँले यसबारे तत्कालै मन्त्रिपरिषद्मा समेत कुरा उठाएर यो कार्य तुरुन्त रोक्न पहल गर्ने जानकारी दिनुभयो ।

केही दिनअघि वन्यजन्तु आरक्ष विभागले कोसी टप्पुक्षेत्रमा अर्ना वृद्धि गर्न भन्दै आरक्ष क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा तपेस्वरी गाविस र रामपुर ठोक्सिला गाविसका बासिन्दा आन्दोलित हुँदै आएका छन् ।

आरक्ष क्षेत्र विस्तार भएर रामपुर तथा तपेस्वरी गाविसका झण्डै एक हजार पाँचसय घरपरिवार विस्थापित हुने स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया