मस्यौदाको विरोध गर्नेलाई अध्ययन गर्न आग्रह नेता नेपालको आग्रह
रौतहट, २ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको मस्यौदामा उल्लेखित व्यवस्थाले जनताको आधारभूत अधिकार स्थापित गर्ने बताउनुभएको छ ।
संविधानको मस्यौदा सुझाव सङ्कलनका लागि गृह जिल्ला रौतहट आइपुग्नुभएका नेता नेपालले आज पार्टी कार्यालय गरुडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मस्यौदामा उल्लेखित व्यवस्थाले देश विकासको भावी रेखा कोर्ने र सबैखाले विभेदको अन्त्य गर्ने पनि बताउनुभयो ।
संविधानमा के लेखेको छ भन्ने कुरा अध्ययन नै नगरी मस्यौदाको विरोध गर्नु उचित नभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले विरोध गर्नेलाई सर्वप्रथम मस्यौदा अध्ययन गर्न आग्रह गर्नुभयो ।
यसअघि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम अब जारी हुने संविधानले गर्ने भन्दै नेता नेपालले भन्नुभयो, “यसको विरोध गर्नु भनेको ती उपलब्धिलाई संस्थागत हनु नदिनु होे ।”
संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलमा भाग लिन नेता नेपालसहित जिल्लाका नौ सभासद् जिल्लामा आइपुग्नुभएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया