आइतबार, असार ६ २०७८
काठमाडौं ०३:१९
वासिङटन डिसी 17:34

लस एन्जलसमा एनआरएन अमेरिकाको कार्यालय उदघाटन

इनेप्लिज २०७२ साउन २ गते १०:२६ मा प्रकाशित

unnamed (1)

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको लागि लस एन्जलसमा कार्यालय उदघाटन एक कार्यक्रम बीच सम्पन्न भएको छ l

एनआरएन अमेरिकाका सह सचिव संगिता सिवाकोटीले दिनु भएको जानकारी अनुसार उद्घाटन कार्यक्रममा एनआरएन आइसिसिका उपाध्यक्ष भवन भट्ट र अमेरिकाका अध्यक्ष डा केशव पौडेलले रिवन काटेर गर्नु भयो । यस्तै फूल पानसमा वत्ती एनआरएन आइसिसिका उपाध्यक्ष भुवन भट्ट,एनआरएन अमेरिकाका अध्यक्ष डा पौडेल,एनआरएन आइसिसिका सदस्य राजेन्द्र सिवाकोटी ,एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्लिराम् भट्टराई ,एनआरएन अमेरिकाका सह सचिव संगिता सिवाकोटी ,मिडिया कोर्डिनेटर सर्बज्ञ वाग्ले लगायत शिशिर भट्ट,क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम वावु पाण्डे , वाणिज्यदुत ऋषि ढकाल समेतले वाल्नु भयो l

स्थानीय संघ संस्था लगायत विशाल जन समुदायको माझमा एनआरएनको अफिस समेत उद्घाटन भयो । आजै सॉझ संविधानको मस्यौदाका वारेमा छलफल गरि नेपालमा भरखरै वन्न लागेको संविधानमा सुझाव पेश गर्ने अर्को कार्यक्रम समेत तयारि भईरहेकोछ l

unnamed (3) unnamed (2) unnamed

 

प्रतिक्रिया