लागुऔषधसहित दुई पक्राउ
इनेप्लिज
२०७२ साउन २ गते ५:५७ मा प्रकाशित
रौतहट, २ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई सदरमुकाम गौरबाट शुक्रबार साँझ पक्राउ गरेको छ ।
भारतीय बजार वैरगनियाबाट लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा चन्द्रपुर नगरपालिका–३ घर भई हाल बारा जिल्ला गढिमाइ नगरपालिका–३ बस्ने २९ वर्षीय विनोद आचार्य र तेह्रथुम जिल्ला युगा गाविस–७ बस्ने २८ वर्षीय जगत आलेमगरलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।
शङ्कास्पद अवस्थामा रहेका उनीहरूका साथबाट २७ थान डाइजोपाम, २७ थान नोर्फिङ्ग, २२ थान फेनारगन ट्याब्लेट र ४७ थान केयरप्रिन ट्याब्लेट बरामद भएको हो ।
पक्राउ परेकालाई लागुऔषध कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया