प्राथमिक उपचारको सहज व्यवस्था मिलाउने तय
धुन्चे (रसुवा), २ साउन । वर्षायाममा फैलन सक्ने महामारी रोगप्रति पूर्वसावधानी अपनाउँदै प्राथमिक उपचारको सहज व्यवस्था मिलाउने तय भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत रहेको महामारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले विनाशकारी भूकम्पपछि क्षतिग्रस्त स्वास्थ्य केन्द्रको वैकल्पिक व्यवस्था, यथेष्ठ औषधिको भन्डारण, दरबन्दीअनुसारको स्वास्थ्यकर्मी परिपूर्ति, स्वास्थ्य केन्द्रमा शुद्ध खानेपानीको व्यवस्थापन गराउन पाइप लाइन निर्माण गराउने निर्णय गरेको उक्त कार्यालयले जनाएको छ ।
वातावरण स्वच्छ राख्न शौचालय निर्माणका लागि गाउँ टोलको सरसफाइमा जागरण बढाउने र रेडक्रसमा भएको एम्बुलेन्स सेवा सञ्चालन गराउने चालकको व्यवस्थापन गर्ने समेत निर्णय भएबमोजिम कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेको निमित्त स्वास्थ्य प्रमुख वीरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।
यसैगरी कुनै रोगको सङ्केत देखिन थालेमा नजिकको स्वास्थ्य संस्था वा जिल्लास्तरमा तुरुन्तै खबर गरी रोग नियन्त्रण कार्यमा सहयोग गरिदिन सम्पूर्ण रसुवावासीलाई आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया