जडीबुटी लोप हुने अवस्थामा
रौतहट, २ साउन । जिल्लाको वन जङ्गलमा घरेलु औषधिका रुपमा प्रयोग हुने वनस्पति तथा रुख लोप हुने अवस्थामा पुगेको छ ।
बहुमूल्यसमेत मानिने खयरलगायतका जडीबुटीमा प्रयोग हुने काठ आजभोलि देखिन छाडेको स्थानीय भुक्तभोगीको भनाइ छ । बढ्दो वन विनास तथा अव्यवस्थित चरिचरणले गर्दा यहाँको वन जङ्गलमा रहेको त्यस्ता प्रजातिका रुख तथा जडीबुटीका वनस्पति लोप भएका छन् ।
रौतहटको उत्तरी भेगमा पाइने झ्याउ, सर्पगन्ध, खयर, भलायो, कुरिलो, सतिसाल, हर्रोबर्रोलगायतका लोपोन्मुख अवस्थाका वनस्पतिको चोरी निकासी तथा तस्करी हुने गरिएको छ ।
विभिन्न बहुमूल्य काठ विभिन्न सामग्री बनाउन प्रयोगमा आउने भएका कारण पनि यसको तस्करीमा समेत वृद्धि भएको छ ।
नेपाललगायत छिमेकी देशमा समेत बहुमूल्य जातका काठ तथा जडीबुटीको माग रहेका कारण रुख मासिने समस्या देखिएको तिलेश्वर सामुदायिक वन उपभोक्ता समूह गैंडाटारका अध्यक्ष रामपुजन गुरोले बताउनुभयो ।
पहिले सहजैरुपमा यी बहुमूल्य जातका काठ तथा जडीबुटी देखिने गरेकामा अहिले आएर बोट बिरुवासमेत देख्न मुस्किल भएको उहाँ बताउनुहुन्छ ।
जिल्ला वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साह वन ऐनले संरक्षण सूचीमा राखेको जडीबुटीजन्य रुख तथा वनस्पतिको संरक्षण र सम्वद्र्धन गर्नु सबैको उत्तिकै दायित्व रहेको बताउनुहुन्छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया