नेपालको निमार्णाधिन संविधानको मस्यौदामा सुझाव र प्रतिक्रिया सम्बन्धि कार्यक्रम सम्पन्न
नेपाली राजदूतावास र एनआरएन को संयुक्त आयोजनामा नेपालको निमार्णाधिन संविधानको मस्यौदामा सुझाव र प्रतिक्रिया दिनका लागि आज वासिङट्न डि.सी.मा एक कार्यक्रमको आयोजना गरियो । महामहिम राजदूतज्यूको प्रमुख आतिथ्यमा र एन आरएन एनसीसी अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष श्री लोकनाथ तिवारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वासिङगटन डि.सी. क्षेत्रका पदाधिकारीहरु एवं अन्य विशिष्ट व्यक्तित्वहरुको उत्साहजनक उपस्थिति थियो ।
सो कार्यक्रममा नागरिकता, संघियता, महिला अधिकार, धर्म निरपेक्षता, विदेशमा बसेका नेपालीहरुलाई मताधिकार, राज्यको संरचना, स्थानिय निकायको संरचना, राजदूत नियुक्ति, संबौधानिक आयोगहरुका कार्य क्षेत्र लगायतका विषयहरुका सहभागीहरुले सुझावरप्रतिक्रिया व्यक्त गरेका थिए ।
महामहिम राजदूतज्यूले कार्यक्रमका आयोजकलाई धन्यवाद दिनुहुंदै नयां संबिधानको मस्यौदामा सुझावरप्रतिक्रिया दिन पाउने यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । वंहाले कार्यक्रममा व्यक्त भएका सुझाव र प्रतिक्रियाहरु नयां संबिधानले समेट्ने विश्वास व्यक्त गर्नुभयो । साथै नसमेटिएका राय सुझावहरुलाई संविधान पछि बन्ने कानूनहरुले सम्बोधन गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।
महामहिम राजदूतज्यूले कार्यक्रममा व्यक्त भएका सुझाव र प्रतिक्रियाहरु महत्वपूर्ण भएको र यी सुझावहरु परराष्ट्र मन्त्रालय मार्फत संविधान सभामा पठाइने जानकारी दिनुभयो । साथै, वहाले व्यक्तिगत वा संस्थागत रुपमा लिखित सुझाव प्रतिक्रिया सोझै संविधानसभामा पठाउन सकिने व्यवस्था भएको जानकारी दिनुहुदै विभिन्न संघसंस्था तथा समुदायहरुमा व्यापक प्रचार प्रसार गरी जुलाई २१, २०१५ सम्ममा राय,सुझावरप्रतिक्रिया पठाउन सक्रिय भई लाग्न आग्रह गर्नुभयो ।
यस अघि जुलाई १३ मा नर्थ क्यारोलाईनाको ग्रीन्सबोरोमा नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिका*(नासा ) र राजदूतावासको संयुक्त आयोजनामा संबिधानको मस्यौदामा सुझाव र प्रतिक्रिया व्यक्त गर्न एक कार्यक्रम आयोजना गरिएकोे थियो । अमेरिकामा आयोजित यस प्रकारको सो पहिलो कार्यक्रममा सहभागीहरुले नागरिकता, संघियता, धर्म निरपेक्षता लगायतका अन्य विषयहरुमा विभिन्न सुझावरप्रतिक्रिया व्यक्त गरेका थिए । उक्त कार्यक्रम महामहिम राजदूतज्यूको प्रमुख आतिथ्य र नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाको अध्यक्ष डा.रामचन्द्र बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया