सवारी दुर्घटनामा मृत्यु
पानीट्याङ्की (मोरङ), १ साउन । सवारी दुर्घटनामा परी मोरङको राजघाटमा एक युवकको मृत्यु भएको छ ।
उर्लाबारी रङ्गेली सडकअन्तर्गत बिहीबार राति भएको दुर्घटनामा झापा गौरीगन्जका ३५ वर्षीय सन्तोषकुमार यादवको मृत्यु भएको हो । उत्तर उर्लावारीतर्फ जाँदै गरेको मे६प ४८१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को१च ७८९४ नम्बरको म्याजिक भ्यान राजघाट–५ स्थित सडकमा एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
भ्यान चालक विराटनगर–११ हाटखोलाका २१ को दुर्गा लिम्बूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खोलामा डुबेर मृत्यु
खोलामा पौडी खेल्ने क्रममा मोरङको हसन्दहमा एक किशोरको डुबेर मृत्यु भएको छ ।
हसन्दह–७ स्थित बक्राहा खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा बाढीमा डुब्दा १५ वर्षीय सुरज कुइँकेलको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा खोलाको बाढीमा डुबेर बेपत्ता भएका सुरजलाई बिहीबार स्थानीयवासी र प्रहरीले खोजी गर्ने क्रममा राति ८ बजे बगरमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया