विदेशी आकाशमा रमाएर उडे पनि मातृभूमिको मायाले मन कटक्क खान्छः तेजप्रसाद यादव, कृषि विशेषज्ञ, क्यानडा

इनेप्लिज २०७२ साउन १ गते २:२९ मा प्रकाशित

IMG_0693

भगवान राम १४ बर्षको बनबास गए जस्तै बिरगंज घर भै हाल क्यानडामा बिगत १४ बर्ष देखि सपरिवार बस्दै आएका कृषि बिउ वृद्धि विशेषज्ञ तेज प्रसाद यादवलाई मात्रीभूमिको मायाले मन कटक्क खाएको छ l

उनि भन्छन जति सुकै बिदेशी आकाशमा हामी रमाएर उडेता पनि हामी नेपाली हौ l हाम्रो मन नेपाली हो l हाम्रो पन पनि नेपाली नै हो छ भन्दै विदेशबाट नेपाल फर्कन तिर्सना लागेको बताए l परदेशी व्यस्त जीवनले गर्दा देशको निम्ति हामी संग १ मिनेट उभिएर देशको निम्ति सोच्ने फुर्सद नभएता पनि यसको अर्थ यो हैन कि हामी देशलाई बिर्सेका हौ l उनले थप्दै भने हामी नेपाललाई औधि माया गर्छौ भन्दै नेपाल आमाको सेवाको लागि सत प्रतिसत नेपाल फर्कने ईनेपलिज़लाई अमेरिकाको भ्रमणमा रहेको बेलामा दम्पत्तिले एकै स्वरमा बताए l

कृषि बिउ विशेषज्ञ यादव संगको भल कुसारीमा उनले बाल्य अवस्था देखि क्यानडा सम्मको जीवनका आरोह र अवरोह बारेमा सुनाउदै ईक्षा अभियन्ता बन्ने सपना थियो तर भाग्यले कृषि बिउ विशेषज्ञ बन्न पाएकोमा कुनै गुनासो नरहेको बताए l नेपाल छोडी परदेशमा आएकोमा कुनै पछुतो छ कि भन्ने जिज्ञाशामा उनले भने आफु नेपालबाट नै क्यानाडाको लागि काम नै लिएर आएको हु l र आफु प्राबिधिक सम्बन्धमा हेर्ने एक व्यक्ति भएकोले नेपालको सम्झना हुने गरेको बताउदै तर पछुतो भने नभएको बताए l

उनले अगाडी भने मलाई नेपाल सरकारले स्कटल्याण्ड ३ बर्ष अध्ययनको लागि पठायो तर मैले गद्दार गरिन l अध्ययन पुरा गरेर सम्झौता अनुसारका गरेर मात्र मुग्लान आएको हु भने l नेपाल सरकारले मलाई हल्याण्ड र अन्य थुप्रै देश पठाएको थियो भने तर क्यानडामा आफ्नो काम अनुसारको जागिर भएकोले क्यानाडा हानिएको बताए l

के गर्छन त तेज प्रसाद यादव ,कृषि विशेषज्ञ क्यानडामा

उनि कृषि सिड (बिज या बिउ )वृद्धि विशेषज्ञ हुन् l कसरि १ मुठी बिउलाई मुरीका मुरी वृद्धि गर्नु पर्ने बारेमा गहिरो ज्ञान छ l नेपालमा कृषि सामग्री संस्थान पुर्वान्चलमा धेरै बर्ष काम गरेको अनुभव छ lकृषि सम्बन्धि बिउ वृद्धि सम्बन्धि ११ बर्ष सम्म निजि क्षेत्रमा विशेषज्ञको हैसियतमा काम क्यानडामा गरेको स्मरण गराउदै ३ बर्ष देखि क्यानडामा आफ्नै निजि बिउ प्रयोगशाला संचालनमा रहेको बताए l

त्यसो त यादवले क्यानाडामा मनिसलाई रोजगार दिई रहेका पनि छन् l यादवले भने यो काम केहि समय सम्म बिदेशमा चल्छ तर हाम्रो (दम्पत्ति)को योजना नै नेपालमा गै आफुले सिकेको र जानेको शिप लगी रोजगार दिने योजना सहित रहेको खुलासा गरे l

उनि क्यानडाको रैजिना प्रान्त ( नर्थ डेकोटाको सिमा छेउ )मा बसोबास गर्छन भने करिब ३० परिवार नेपाली समुदाय पनि उक्त क्षेत्रमा रहेको जानकारी गराए l प्रसंग बदलिने क्रममा उनले बिद्यार्थी जीवनमा तासको खेल ट्वान्टी नाईन खेलेको सम्झना गर्दै त्यो पनि बिना पैसामा खेल्ने गरेको बताउदै चलचित्र हेर्ने बिरगंज घर भएकोले भारत कति पटक गएको सम्झना गराए l

IMG_0694उनि पढनमा तेज र एक पटक पढेको सम्झन्छु भन्दछन l कक्षामा पढाएको नै काफी हुने थियो भने एसएलसी प्रथम श्रेणीमा उत्रीण गरेको हुनाले पुल्चोक क्याम्पसमा भर्ना भएको तर काठमाडौँको पानीको नफापेकोले पेटमा समस्या भएकोले काठमाडौँ छोडेको बताए l

तर भाग्यले साथ दिएकोले ३ महिना पछि पनि चितवन रामपुर क्याम्पसमा भर्ना भै पढाई सकेको बताए l रामपुर क्याम्पसमा ज्यादै बिद्यार्थी संगठनमा राजनीति हुन्थ्यो भन्दै आफु कुटाई खान बाट बालबाल बचेको घटना सुनाउदै आफ्ना साथीभाईले धेरै पटक कुटाई खाएको संस्मरण गराए l आफु प्रजातान्त्रिक विचार धारा भएको मान्छे हु भन्दै स्व गिरिजा प्रसाद कोइरालालाई नेपालको नेता मध्ये मान्ने गरेको बताए l

उनले भलाकुसारी कै क्रममा संस्कृत पनि पढ्नु पर्ने भएकोले त्यो बिषय नै न भै दिएको भए हुन्थ्यो भन्दै अंग्रेजी राम्रो थियो भने l बिद्यार्थी हुदा खाजा स्वरुप बदाम खुब मन पर्ने बताए l उनले कुराकानी कै क्रममा मनोरंजन तथा चलचित्रको प्रसंगमा १६ /१७ बर्षे लह लह यौवन कालमा हिन्दि चलचित्र हेर्ने बानि थियो भने शोले १० पटक भन्दा ज्यादा हेरेको होला भनि सम्बाद (डाइलग )पनि संस्मरण अझ छ भने l

उनलाई नायक भन्द खल नायक मन पर्ने र भारतीय चलचित्रको अमरिस पुरी सबै भन्दा कलाकार लाग्ने बताए l सगीतको प्रसंगमा अत्यन्तै रुचि र मन पर्छ भन्दै रफी तथा किसोर कुमार आदि ईत्यादी मन पर्छ भन्दै कहिलेकाही गुन गुनाउने बताए l

IMG_0684चलचित्रको प्रसंगमा नेपाली चलचित्र र कलाकारको बारेमा राजेश हमाल र करिस्मा मानन्धरको नाम लिए भने नेपाली चलचित्र मा मनको बाँध र कुसुमे रुमालको याद आउने बताए l विदेशमा आए पछि सन्तानले नेपाली बिर्सन्छन के भन्नु हुन्छ भन्ने जिज्ञाशामा यादव दम्पत्तिले घरमा नेपाली मात्र बोल्ने गरेको बताए l दम्पत्तिले अगाडी भने हाम्रा छोरा र छोरी दुवै नेपाली बोल्न जान्दछन भन्दै लेख्न अलिक समस्या रहेको बताए

यादबले भने रामपुरमा पढेका झन्डै ६२ जनामा ४० जना जति विदेश मै होलान भन्दै आफुले रामपुरबाट पढ्ने बितिक्कै पहिलो जागिर फलफुल विकास अधिकृतमा सुर्खेत कृषि केन्द्रमा खाएको बताउदै त्यो नै जिन्दगिको स्वर्णिम क्षण लागेको बताए l कृषि सम्बन्धि विशेषज्ञ भएकोले प्रसंग बदलिदै तरकारी बारेमा जिज्ञाशा राख्दा उनले उत्तर यस्तो दिए ,ईस्कुस देखें बित्तिकै कन्सिरी तात्ने तर परवर तरकारी पाकेको छ भने खुसिले नृत्य गर्न मन लाग्ने जताए l

एउटा साधारण बिद्यालयमा पढेको एक बिद्यार्थी मेहनत र कडा परिश्रमको कारण उत्तर अमेरिकाको क्यानडामा एउटा परिक्षण प्रयोगशाला स्थापित गर्नु नेपाली समुदायको लागि एउटा गौरबको बिषय हुन्छ l उनले अगाडी बताए अमेरिका र क्यानडामा आपूर्ति हुने बिउ लाई परिक्षण गरि प्रमाणीकरणमा दस्तखत गरे पछि मात्र कृषि तथा अन्यमा प्रयोग हुने गर्छ भने l केहि स्थानमा अमेरिकामा पनि आफुले प्रमाणीकरणमा दस्तखत गरेका पनि क्यानाडाबाट निकाशी हुने गरेको जानकारी दिए l नेपालको संबिधान जारी नहुनुमा वर्तमान प्रधान मन्त्रि पनि केहि हद सम्म जिम्मेबार छन् भने नेपालबाट युवा पलायन रोक्न मार्ग चित्र बनाउने पर्ने अपरिहार्य छ भने l

अन्तर जातीय बिबाह बन्धनमा बाधिएका कृषि बिउ विशेषज्ञ तेज प्रसाद यादवको साथ अमेरिकाको भ्रमणमा रहनु भएकी सुशिला यादव जोशीले पनि भारतका प्रधान मन्त्रि नरेन्द्र मोदी आदर्श रहेको बताए l हाम्रो दायित्व पुरा भए पछि मात्री भूमि नेपाल फर्कने दुवैले पुन दोहोर्याउदै अमेरिकाबाट क्यानडाको लागी प्रस्थान गरे l

प्रतिक्रिया