विश्वसाइकल यात्री जापानमा
टोकियो, १ साउन । जापान–नेपालको परिचय संसारभर फैलाउन भन्दै विश्वसाइकल यात्रामा निस्केका दुई युवा जापान आइपुगेका छन् ।
विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाल जापानी सडकमा नेपाली झन्डा र नेपाली पोषाकमा बिहीबार देखिएका हुन् । उनीहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वशान्तिको मुलुक नेपालको पहिचान गराउने उद्देश्यले विश्वसाइकल यात्रा सुरु गरेको बताएका छन् ।
सामान्यतया सधैँ व्यस्त रहने जापानी सडकमा चन्द्र र सूर्य अङ्कित नेपाली झन्डा र ढाका टोपी, कालो इस्कोट र दौरासुरुवालमा विश्वशान्तिका दूतका रुपमा चिनिएका गौतमबुद्धको तस्बिरसहित नेपाल लेखिएको सानो बोर्ड साइकलमा टाँगेका दुई युवा देखिँदा टोकियोका सर्वसाधारणले अनौठो मानेका थिए । ७ डिसेम्बर २००४ बाट सुरु गरेको यात्रा हालसम्म ११६ मुलुकको यात्रा सम्पन्न गर्दा भाषा, स्थानीयवासीको अवरोधका बीच पनि नेपाल र नेपालीको परिचय गराएको उनीहरुले बताए ।
दुई वर्षभित्रमा बाँकी मुलुकको भ्रमण सक्ने र त्यस अवधिसम्ममा नेपालमा व्याप्त राजनीतिक हिंसा हटेर विश्वमा नेपाल साँच्चिकै सुन्दरशान्त मुलुकका रुपमा चिनिने आशा उनीहरुले लिएको छ । साइकल यात्राका क्रममा दैनिक हजारौँ सर्वसाधारणसँग नेपालका बारेमा जानकारी गराउँदै आएको बताउने उनीहरुले ताइवान, मकाउ, चाइना हुँदै जापान आएको र छिट्टै नै रसिया, युक्रेन हुँदै नगएका मुलुकमा पुगेर सन् २०१७ मा विश्व भ्रमण सम्पन्न गर्ने बताएका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया