इन्डियाना पोलिसमा टीपीएस वारे अन्तकृया हुने

इनेप्लिज २०७२ असार ३१ गते २१:५६ मा प्रकाशित

11008567_1078951118800734_2029227109532502581_n

इन्डियाना २०१५ शनिवारका दिन, इन्डियाना राज्यको इन्डियाना पोलिसमा नेपालीलाई अमेरिकाले दिएको सहुलियत टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) वारे अन्तकृया हुने भएको छ । उक्त कार्यक्रममा न्यूओर्क स्थित कानुन विद वासु फुलराले टीपीएस र त्यसका लागि फारम भर्ने प्रकृयावारे जानकारी दिने उद्देश्यले भव्य कार्यक्रमको आयोजना गरिएको क़ुरा महिला कोर्डिनेटर राधा पौडेलले जानकारि दिएकी छन् । सो कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पदाधिकारिहरूको पनि बाक्लै उपस्थिति हुने सम्भावना रहेको छ ।

स्थानिय इगल क्रिक पार्कमा तीन बजे देखि हुने उक्त कार्यक्रम नेप्जिल सोसाइटी अफ इन्डियानाले आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा सरोकार वालालाई प्रत्यक्ष फाइदा हुने हुनाले पनि आप्रवासी संघले सरोकारवाला विध्यार्थी लगायत सम्पूर्ण नेपालीलाई सरोकार पक्षलाई जानकारि दिन र उक्त फ्रि सहयोग कार्यक्रमको फाइदा लिनहुन अनुरोध पनि गरेको छ ।

लामो समय देखि न्यूओर्कमा कानुनी परामर्श दिदै आएको क्ष्ँेत्री ल फर्ममा कार्यरत फुलराले टीपीएसवारे विभिन्न माध्यमवाट जानकारी दिदैं आएका छन् । कार्यक्रममा हालै आएको नेपालको संविधान मस्यौदामा छलफल र राय संकलन पनि गरिने भएको छ । संविधानमा अमेरिका वस्ने नेपालीको धारणा पनि समावेश होस भन्ने उद्देश्यले राय संकलन गर्ने कार्यक्रम राखिएको हो ।

प्रतिक्रिया