मंगलबार, असार ८ २०७८
काठमाडौं ११:०७
वासिङटन डिसी 01:22

भारतीय प्रधानमन्त्रीको भ्रमण रद्द

इनेप्लिज २०७२ असार ३१ गते १४:५८ मा प्रकाशित

modiनयाँ दिल्ली, ३१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो संसदीय चुनाव क्षेत्र भारतको उत्तर प्रदेशको उत्तरी राज्यमा पर्ने वाराणासीे (बनारस)को भ्रमण रद्द गर्नुभएको समाचार छ ।

उहाँ एक दिन भ्रमणको क्रममा बिहीबार बनारस जान लाग्नुभएको थियो । सो सहरमा आएको भारी वर्षाका कारण उहाँको एकदिने भ्रमण रद्द भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

गत एक महिनायता भारी वर्षाका कारण उहाँको बनारस भ्रमण रद्द भएको यो दोस्रो पटक हो ।

मोदीले आफ्नो संसदीय चुनाव क्षेत्रमा आफ्ना समर्थकलाई सम्बोधन गर्नुका साथै विभिन्न विकासका योजना घोषणा गर्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया