सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:०९
वासिङटन डिसी 15:24

जनताको माग संविधानमा समेटिने छ: उपराष्ट्रपति

इनेप्लिज २०७२ असार ३१ गते १३:४५ मा प्रकाशित

Jha_20130610080705काठमाडौँ, ३१ असार । उपराष्ट्रपति परमानन्द झाले जनताले राखेको जायज मागलाई नयाँ संविधानमा समेटिने बताउनुभएको छ ।

आफ्नै कार्यालयमा आज ख्रिस्टियन महासङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपराष्ट्रपति झाले धर्मका नाममा कसैले कसैलाई भेदभाव गर्न नहुने बताउँदै भन्नुभयो, “नेपाल सदियौँदेखि धार्मिक सद्भाव भएको देश हो, यो भावनालाई पनि हामीले बिर्सन हुँदैन ।”

उपराष्ट्रपति झाले नयाँ संविधान नागरिकको भावना समेटेर आउने विश्वास व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष डा सुन्दर थापाले सो ज्ञापनपत्र उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया