तीजको गीतमा २९ अगष्टमा नाच्ने होइन त ?

इनेप्लिज २०७२ असार ३१ गते १३:४३ मा प्रकाशित

pp

हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २९ अगष्ट शनिबार, २०१५ मा विशेष कार्यक्रम हुने भएको छ । बिशेष कार्यक्रमका लागि संगीता गुरुङ (दक्षिण सनफ्रान्स्सिको)को संयोजकत्वमा आयोजक कमिटी समेत गठन गरिएको छ ।

कमिटीमा कमला प्याकुरेल (ओकल्याण्ड), राधा शर्मा (इल सिरेटो), मनोहरा थापा (बर्कली), सुमिता थापा (ट्रयासी), सोनिया केसी (अल्मेडा), सपना शर्मा (बर्कली), रामदेवी पालिखे (सान पाब्लो), गीता कँडेल दवाडी (सानजोस), मिरा वस्ती (कनकर्ड), लक्ष्मी महर्जन, समिना बन (सान जोस), सुनिता पाण्डे (सन्नीभेल), शोभा राई (इल सिरेटो), सरु भण्डारी (बर्कली), सुनिता सापकोटा (दक्षिणी सनफ्रान्स्सिको), लक्ष्मी महर्जन, संगीता थापा (इल सिरेटो), मिनु भण्डारी थापा (फ्रिमन्ट), कल्पना रानाभाट (फ्रिमन्ट), सम्झना कुँवर (फ्रिमन्ट) र गंगा अधिकारी खनाल (सन्नीभेल) रहनु भएको छ ।

आयोजकले २९ अगष्टको विशेष कार्यक्रमको मिति सुरक्षित राख्नका लागि सम्पूर्णलाई आह्वान समेत गरेको छ । विशेष कार्यक्रममा सहभागी भएर नाच्न र रमाउन आयोजकले आह्वान गरेको छ ।

बेलुका ६ बजेदेखि ११ बजेसम्म २७०० साराटोगा स्टरिट, अल्मेडामा ( 2700 Saratoga Street, Alameda CA, 94501) हुने कार्यक्रममा सहभागिताका लागि २० डलर तोकिएको छ । २० डलर तिरेपछि स्न्याक्स, सफ्ट ड्रिंक्स र एक गिलास वाइन निःशुल्क प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । यद्यपि १२ बर्ष मुनिका बालबालिका र ६५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

रोहित क्षेत्री डिजे रहनु हुने कार्यक्रममा पवित्रा परियार अतिथि कलाकार रहनु हुने आयोजकले जनाएको छ । कलाकार परियारले हालसम्म एक दर्जनभन्दा बढी तीजका गीतहरु गाईसक्नु भएको छ । उहाँले अहिले सम्म एक दर्जनभन्दा बढी गीति एल्बमहरु निकालिसक्नु भएको छ । उहाँ इस्ट कोस्टमा अत्यन्तै लोकप्रिय गायिकाको रुपमा परिचित रहनु भएको छ ।

mail.google.com

कार्यक्रममा अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार स्थानीय भिडिओ च्यानलले पनि उक्त कार्यक्रमको कभर गर्ने भएको छ । उक्त कार्यक्रमबाट भएको नाफा रकम भूकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाका बिद्यालयहरु पुनर्निमाणका लागि प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया