एनआरएन आईसिसीका ऊपाध्यक्ष भबन भट्टलाई अमेरिकामा भब्य स्वागत

इनेप्लिज २०७२ असार ३१ गते १०:२६ मा प्रकाशित

DSC06511

जुलाई १६, २०१५ वाशिंगटन डिसी – क्यानाडा र अमेरिकाको भ्रमणमा रहेका एनआरएन आईसिसीका ऊपाध्यक्ष भबन भट्टलाई अमेरिकाको राजधानी वाशिंगटन डिसीमा “भब्य स्वागत” गरियो l भबन भट्टको स्वागतार्थ रात्रिभोज सहित राजधानी वाशिंगटन डिसी नजिकै सांग्रिला रेस्टुरेन्टमा हिजो बुधबार साँझ आयोजित ऊक्त कार्यक्रमका संयोजक लोकनाथ तिवारीले भबन भट्ट रउहाँका दाजु शिशिर भट्टलाई खादा पहिर्याईदिएर अमेरिकामा स्वागत गरेका थिए l

DSC06560

अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा भएको ऊक्त समारोहमा डिसी, भर्जिनिया, म्यारिल्याण्डका बिभिन्न संघ,संस्थाका पदाधिकारीहरु ऊपस्थित थिए l भबन भट्टलाई स्वागत गर्नु अघि, नेपाली दुतावासले संबिधान लेखन सम्बन्धमा – अमेरिकामा रहेका नेपालीहरुको सुझाब संकलन गरेको थियो l नेपालमा साईबर सेक्युरिटी बिषयमा पहिलोपटक अनुसन्धान गर्ने ब्यक्ती डा. रामहरी सुबेदी (पिएचडी), डा. श्याम कार्की, अमेरिकाका नेपाल सोशाईटीका पुर्ब अध्यक्षहरु खेम भट्टचन / प्रेम संग्रौला, माधवी कार्की, खिलेन्द्र नेऊपाने, युद्ध बहादुर पन्त, सिता पाण्डे, प्रकाश नेपाल, बिनोद ऊप्रेति, जेदु पोखरेल, अर्जुन हमाल, एच. बि. भण्डारी लगायतका कम्युनिटी लिडरहरुले संबिधान लेखन बारे दुतावासलाई सुझाबहरु दिएका थिए l ऊक्त सुझाबहरु नेपाल पठाऊनको लागी नेपाली दुतावासका ऊपनियोग प्रमुख ऋषीराम घिमिरेले सुझाबहरु नोट गरेका थिए l एनआरएन एनसिसी युएसएका निबर्तमान बरिस्ठ ऊपाध्यक्ष लोकनाथ तिवारीले ऊक्त कार्यक्रमको संयोजन गरेका थिए l

DSC06520

प्रतिक्रिया