छतबाट लडेर मृत्यु

इनेप्लिज २०७२ असार ३१ गते ४:४३ मा प्रकाशित

भीमदत्तनगर, ३१ असार । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाषीमा एक युवकको गएराति घरको छतबाट लडेर घटनास्थलमा नै मृत्यु भएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ घर भई हाल भाषीमा डेरा गरी बस्दै आएका ३५ वर्षीय पवन सिंह साकीको राति छतमा सुतिरहेको अवस्था अचानक लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।

‘श्रीमान् श्रीमती दुवैजना राति छतमा सुतेका रहेछन्”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “राति श्रीमती सुत्न तल कोठामा आइन्, श्रीमान् छतबाट लडेछन् ।” भीमदत्तनगरमा आर्टको काम गर्दै आएका मृतक साकीको शव अहिले परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बुधबार राति सामान्य घरायसी विवाद हुँदा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ अमरपुरकी २० वर्षीया सारती बोहराले घर नजिकैको कृष्ण सामुदायिक वनको रूखमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । घटनास्थल पुगेको प्रहरी टोलीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया