म्याग्दीको देविस्थान गाविस सडक सञ्जालसँग जोडियो
बाबियाचौर (म्याग्दी), ३१ असार । म्याग्दीको दुर्गम देविस्थान गाविस सडक सञ्जालसँग जोडिएको छ ।
दरवाङ–देविस्थान कृषि सडक योजना सम्पन्न भएपछि सडक सञ्जालसँग जोडिएको हो । देविस्थानसँगै हालसम्म म्याग्दीको बेनी नगरपालिकाको सबै वडा र ३५ मध्य २७ वटा गाविसमा सडक सञ्जाल विस्तार भएको छ । सरकारी निकायको अनुदानको तुलनामा स्थानीयवासीले दश गुणा बढी चन्दा र ऋण जुटाएर दरवाङदेखि देविस्थानको जुक्जा गाउँसम्म १३ किलोमिटर सडक निर्माण गरेका हुन् ।
रु दुई करोड १० लाखको लागतमा निर्माण भएको सो सडक निर्माण गर्न जिल्ला विकास समितिले रु २५ लाख सहयोग उपलब्ध गराएको दरवाङ–देविस्थान कृषि सडक निर्माण समितिका उपाध्यक्ष कुलबहादुर घर्तिमगरले बताउनुभयो । सडक निर्माणका क्रममा रु २९ लाख ऋण लागेको छ । सुरु गरेको पाँच वर्षपछि सडक निर्माण कार्यले पूर्णता पाएको हो ।
गाउँमा विभिन्न पेसा व्यवसाय, खेती किसानी गर्ने सर्वसाधारणदेखि विदेशमा रहेका देविस्थानवासीले सडक निर्माणका लागि रु एक करोडको हाराहारीमा सहयोग गरेका छन् । केही रकम गाविस कार्यालयले पनि सहयोग गरेको छ । भिरालो र पहाडी भूगोलमा निर्माण भएको सडकमा नियमित सवारी सञ्चालन हुन भने सकेको छैन ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया