नेपाल हङकङसँग ५ विकेटले पराजित

इनेप्लिज २०७२ असार ३० गते १६:२९ मा प्रकाशित

CJ9-onHUwAE9-Wz

काठमाडौँ, ३० असार । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले हङकङसँग पराजित भएको छ । यससँगै नेपालको विश्वकप छनोट केही कठिन भएको छ ।

नेपालले प्रस्तुत गरेको ११० रनको लक्ष्य हङकङले ५ विकेट गुमाएर भेट्टायो । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १०९ रन बनायो ।

नेपालको सुरुवात निकै खराब रहृयो । प्रतियोगितामा पहिलो खेल खेलेका दोस्रो ओभरको तेस्रो बलमा ओपनर सुवास खकुरेल व्यक्तिगत दुई रनमा आउट भए, जतिबेला टीमको स्कोर ११ थियो ।

ज्ञानेन्द्र मल्ल शुन्यकै आउट भए भने कप्तान पारस खड्का १ रनमा पभेलियन फर्किए । सागर पुन र बसन्त रेग्मीले ११-११ रन बनाए ।

३१ रन जोड्दा ५ विकेट गुमाएको नेपालको पारी मिडियम लो आडरका ब्याट्सम्यानले सम्हाले प्रयास गरे । शरद भेसवाकरले २७ रन बनाए भने राजेश पुलामी मगरले २५ रन जोडे ।

सोमपाल कामीले १६ रन बनाए । प्रदिप ऐरी डक आउट भए भने शक्ति गौचन २ रनमा रन आउट भए ।

प्रतिक्रिया