बिहीबार, असार १० २०७८
काठमाडौं ०३:१८
वासिङटन डिसी 17:33

बेनीको क्याम्पसचोकमा बाढी पस्यो

इनेप्लिज २०७२ असार ३० गते १४:५३ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ३० असार । म्याग्दी सदरमुकाम बेनी बजारको क्याम्पस चोकमा आज साँझ आएको बाढीले एकसयभन्दा बढी घर तथा पसलमा क्षति पुर्‍याएको छ ।

वस्तीमाथिको पाखोमा रहेको खोल्साबाट साँझ साढे ५ बजेतिर आएको बाढी क्याम्पसचोकका घरभित्र पसेको हो । लेदो र ढुङ्गासहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरहरूमा पसेको हो ।

बेनी पाखापानी सडकको आँपरुख खण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका सयौं घरहरू डुवानमा परेर जलमग्न भएका छन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पिपलचोक, गणेशटोल र न्युरोडको वाणिज्य बैंक चोकसम्मका घरहरू प्रभावित भएका छन् ।

क्याम्पसचोकमा यसअघि २०६३ र २०६९ सालमा पनि बाढी पसेको थियो । बेनी–पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक बाढीको चपेटामा परेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया